arrow

प्रवासीद्वारा असहायलाई सहयोग, परोपकारी कामको चौतर्फी स्वागत

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ पुष ५ बिहिबार
bajhang_district_map.png

बझाङ्ग । खप्तड छान्ना गााउपालिका १ र २ घर भई रोजगारीको सिलसिलामा बिश्वका बिभिन्न मुलुकमा रहेका प्रवासीहरुले असहाय र सशक्त नागरिकहरु लाई एक लाख बराबरको सहयोग गरेका छन् ।

उज्वलशिल सातमौवाल यूवा क्लब द्वारा गाउँपालिकाको वडा नम्बर एकमा रहेका तिन परिबार लाई आर्थीक , लुगाकपडाका साथै बाख्रा सहयोग गरेका हुन् । यसरी परोपकारी काम गरेका यूवाहरुको यो कामको चौर्तफी रुपमा स्वागत तथा चर्चा परिचर्चा हुन थालेको छ ।

समाजमा रहेका बिपन्न असहाय गरिबहरु लाई सहयोग गरि उनिहरुको जिबन माथी उठाउने उदेस्यका साथ प्रवासी यूवाहरुले आर्थिक संकलन गरि असहाय गरिबहरु लाई सहयोग गरेका हुन् । क्लबका कोषादक्ष मकर थापा र सदस्य सन्तोष जेठाराले एक कार्यक्रम गरि खप्तड छान्ना गाँउपालिका १ बस्ने पुजा कार्की लाई ५ बाख्रा सहित लुगा कपडा बितचरण गरेका छन् भने त्यसै गरि सोही वडामा बस्ने उजा देबी खाती लाई रु २५ हजार नगद सहित लुगाकपडा बितरण गरेका हुन ।

 त्यसैगरि खप्तड छान्ना गाँउपालिका १ मा बस्ने बहादुर कामीलाई समेत ५ बाख्रासहित लुगा कपडा बितरण गरेको सस्थाका कोषाध्क्ष मकर थापाले जानकारी दिए । उनले भने परोपकारी मन भएका खप्तड छान्ना गाँउपालिका २ घर भई हाल कोरिया, जापान , दुबै , साउदी तथा भारतमा बस्ने यूवाहरुले रकम संकलन गरि रु एक लाख पठाएको बताए । थापाले आागमी दिनमा पनि यो कार्यको निरन्तरता दिने बताएका छन् ।

यसरी परोपकारी काम गर्ने यूवाहरुको यो अभियानको गाँउपालिकामा निकै चर्चा हुने गरेको छ । पछिल्लो समयमा बिदेशमा बस्ने यूवाहरुले सामाजिक सन्जाल मार्फत अभियान सन्चालन गरि परोपकारी काममा लागेका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ