arrow

सुजताले आज सभापतिमा उम्मेद्वारी घोषणा गर्दै

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
sujata-koirala.jpg.jpeg

काठमाडौं । कांग्रेस नेतृ सुजता कोइरालाले १३ औं महाधिवेशनका लागि पार्टी सभापतिको उम्मेद्वारी घोषणा गर्दै छिन् । आफ्नै निवास मण्डिखाटारमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर नेतृ कोइरालाले उम्मेद्वारी घोषणा गर्न लागेकी हुन् । कोइरालाले यसअघि नै पार्टी सभापतिका लागि उम्मेद्वारी दिने बताउँदै आएकी थिइन् । यद्यपि, अन्य तीन नेता जस्तो उनले समूह भने नबनाएको र एकल उम्मेद्वारी घोषणा गर्न लागेको बताइएको छ ।

यस्तै, महामन्त्री कृष्ण प्रसाद सिटौलाले दिउँसो ३ बजे बत्तिसपुतली स्थित अनुपम फुडल्याण्ड र कार्यवाहक सभापति रामचन्द्र पौडेलले अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गर्दै छन् । उता, शेरबहादुर देउवाले समेत आजै समूहसहित उम्मेद्वारी घोषणा गर्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ