arrow

कांग्रेस महाधिवेशन : भोजन र आवासको व्यवस्थापन पूरा, खर्च २ करोड पाँच लाख

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
congress.jpg.jpeg
काठमाडौं । कांग्रेसको १३औं महाधिवेशनमा देशभरबाट सहभागि हुन काठमाडौं आएका प्रतिनिधिहरुको भोजन र आवासको लागि कांग्रेसले २ करोड पाँच लाख खर्च गर्ने भएको छ । कांग्रेसले भोजनका लागि १ करोड पाँच लाख र आवासका लागि १ करोड खर्च गर्नेछ । भोजन, आवास व्यवस्थापन समिति संयोजक बलबहादुर केसीले वुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर भोजन र आवासको व्यवस्थाबारे जानकारी दिएका हुन् ।
 
केसीले देशभरबाट सहभागि हुन आएका ३५ सय प्रतिनिधीलाई काठमाडौंको चार स्थानमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिए । प्रतिनिधीहरु गौशाला, बागबजार, ठमेल र सुन्धाराका विभिन्न गेष्टहाउसमा बस्ने छन् । महाधिवेशन स्थलमा स्वस्थ खानाको परिक्षणका लागि चिकित्सकिय व्यवस्था समेत रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । व्यवस्थापन पट्टीको सबै तयारी पुरा भएको जानकारी दिँदै केसीले स्वच्छ र सफा खाना तथा खाजाको व्यवस्था गरिएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ