arrow

अध्ययन भन्छ - आफन्तबाटै असुरक्षित छन् महिला

logo
सुनिल आउजी,
प्रकाशित २०७५ पुष ६ शुक्रबार
pratibedan.jpg

धनगढी । महिला माथि हुने हिंसा मध्ये अधिकांश घटना घर तथा आफन्तबाट हुने गरेको एक अध्ययनले देखाएको छ ।  ओरेक नेपालको वर्ष पुस्तक अन्वेषीकाका अनुसार महिला आफन्त तथा परिवारका सदस्यबाट असुरक्षित हुने र हिंसामा पर्ने गरेको देखाएको छ ।

 क्रियाशील पत्रकार महिलाको समन्वय, प्लान इनटरनेष्नल नेपालको आर्थिक सहयोगमा ओरेक नेपाल कैलालीद्धारा आयोजित पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा आरेककी कैलाली संयोजक सरिता चौधरीले बर्षे पुस्तक बारे जानकारी दिईन । ओरेक नेपालले वर्ष पुस्तक २०१७ देखि जुन २०१८ सम्म अभिलेखिकरण गरेको अध्ययनले महिला माथि भएका जम्मा एक हजार ७ सय ४१ हिंसाका घटना मध्ये ६५ प्रतिशत महिला घरेलु हिंसामा परेका जनाइएको छ ।

अध्ययन अनुसार १७ प्रतिशत महिला सामाजिक हिंसाबाट पिडित हुने गरेका छन् । यसै गरी ७ प्रतिशत महिला बलात्कार भएका, २ प्रतिशत महिला बलात्कारको प्रयासमा परेका, ४ प्रतिशत महिला यौनिक हिंसाबाट प्रताडित भएका देखिन्छन् । अध्ययन अनुसार आफ्नै श्रीमानबाट पिडित हुने महिलाको संख्या ५३ प्रतिशत छ । घरपरिवारबाट हिंसामा पर्ने १७ प्रतिशत महिला रहेका छन् ।

ओरेक नेपालले जनवरी २०१८ देखि डिसेम्बर २०१९ कैलालीमा गरेको अध्ययन ६१ प््रतिशत महिला घरेलु हिंसाबाट पिडित हुने गरेको उल्लेख छ । सो अवधीमा मानव ओसारपसार बाट १ जना जबरजस्ती करणीबाट ९ जना जबरजस्ती करणी उद्योगमा परि १ जना महिला हिंसामा परेका छन् ।

 कार्यक्रम ओरक नेपालका केन्द्रिय सदस्य बसन्ती चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ओरेक नेपाल कैलालीकी कार्यक्रम संयोजक सरिता चौधरीले कार्यक्रमबारे सहजिकरण गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ