arrow

नेपाल आइडल–२ को उपाधि ओडलाई

logo
प्रकाशित २०७५ पुष ७ शनिबार
Rabi-odra-nepal-idol2.jpg

काठमाडौं। सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन्। आज भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको हुन्। नेपाल आइडल–२ को उपाधि जितेसँगै उनले रु २२ लाख, कार र गोल्डेन ट्रफी हात पारेका छन्।

आइडलको फस्र्ट रनरअप गण्डकी प्रदेश, कास्कीका विक्रम बराल भए। उनले रु २० लाख पुस्कार पाए। त्यसैगरी सेकेण्ड रनरअप प्रदेश नं १, झापाका सुमित पाठक भए। उनले रु १२ लाख पुरस्कार प्राप्त गरे। प्रतियोगिताको थर्ड रनरअप प्रदेश नं १ कै झापाकी अस्मिता अधिकारी भइन्। उनले स्कुटर पुरस्कार प्राप्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ