arrow

कांग्रेस महाधिवेशन : बंगलादेशका सूचना मन्त्री काठमाडौंमा, विहारका मुख्यमन्त्री आउँदै

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
13th-congress.png.png.png
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा मित्र राष्ट्रहरुबाट पाहुना आउने क्रम सुरु भएको छ । उद्घाट्नका लागि आउने विशिष्ट पाहुना मध्ये बंगलादेशका सूचना मन्त्री हसानुल हक इनु काठमाडौं आइ पुगेका छन् । यस्तै, भारत विहारका मुख्यमन्त्री नितिशकुमार दलबलका साथ काठमाडौं आउँदै छन् ।
 
उपरान्ह पुग्ने नितिशकुमारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका शीर्ष नेताहरुसंग भेट गर्ने कार्यक्रम छ ।  उनले अपरान्ह ४ बजे नै एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम तय भइसकेको छ । उनी दाहाललाई भेट्न निवासमै जाने कार्यक्रम रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ