arrow

कांग्रेस नेताहरुले गरे संयुक्त पत्रकार सम्मेलन

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
congress-office.jpg.gif
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै आफुहरुको कार्यकालबारे जानकारी गराएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेताहरुले आफुहरुको कार्यकाल संक्रमणकालिन परिस्थिले सामान्य रहेपनि उपलब्धिमुलक रहेको बताए । 
 
कार्यवाहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पत्रकार सम्मेलन गर्दै आफुहरुको कार्यकालमा भएका उपलब्धिहरुबारे जानकारी दिएका हुन् । यो कार्यकालको अन्तिम औपचारिक भेट भएको समेत बताइएको छ । पत्रकार सम्मेलनमा देशभरबाट आएका प्रतिनिधिहरुको भोजन आवासको व्यवस्थापनबारे समेत जानकारी दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ