arrow

प्रदेश ५ को बैठक बस्दै, दुई विधेयक निर्णयार्थ र तीन विधेयक छलफलका लागि पेश हुने

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ पुष ८ आइतबार
pradesh5.jpg

बुटवल ।  प्रदेश नम्बर ५ प्रदेशसभाको तेस्रो अधिवेशन अन्तर्गतको दोस्रो बैठक आइतबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा केही सांसदहरुले सार्वजनिक महत्वको विषयमा विशेष समय लिएर बोल्ने कार्यतालिका छ ।

यसका साथै प्रदेश नम्बर ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५, संघ संस्थाहरुको दर्ता सम्बनधमा व्यवस्था गर्न बनकेको विधेयक निर्णयार्थ प्रस्तुत हुने छ ।

यस्तै आइतबारको बैठकमा तीनवटा थप विधेयकहरु छलफलका लागि पेश हुनेछन् । प्रदेश नम्बर ५ अन्त्र प्रदेश बासिन्दा समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर ५ प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेश हुने प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ