arrow

राष्ट्र बैंकद्वारा नियमन तथा सुपरिवेक्षण सम्बन्धित ऐनको मस्यौदा तयार

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
nepal-rastra-bank.jpg.jpeg
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाका साथै लघुवित्त कारोबार गर्ने संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्ने निकायको ऐनको मस्यौदा तयार गरेको छ।
 
ती संस्थाहरुको नियमन एवम् सुपरिवेक्षण गर्न सरकारले चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम त्यस्तो निकाय स्थापनाका निम्ति केन्द्रीय बैंकले ऐनको मस्यौदा तयार गरेको हो। साथै उक्त बैंकले विदेशी विनिमय तथा सुनचाँदीको अवैध कारोबारलाई नियन्त्रण गर्न सोही बैंकको सक्रियताको गठन भएको उच्चस्तरीय संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गरेको छ।
 
नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय लगानीको क्षेत्र तथा दायरालाई अझ फराकिलो बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रबीच विदेशी विनिमय लगानीका सम्भावनाबारे अध्ययन गरी लगानी विविधीकरण र विस्तार गर्ने सम्बन्धमा अध्ययन जारी राखेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ