arrow

'भिखारी' खोज्दा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर, गुगलसँग मागियो स्पष्टीकरण

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
imran-khan-PM.jpg

काठमाडौं । तपाइँले कहिल्यै गुगलमा भिखारी लेखेर खोजी गर्नुभएको छ ? भिखारी भनेर खोजी गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर आउँछ । यो विषय पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको विषय बन्न पुगेको छ ।

यसअघि गुगलमा ‘इडियट’ सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउने गरेको विषयले चर्चा पाएको थियो । यस विषयमा गुगलका सीईओ सुन्दर पिचाइसँग सोधपुछ पनि गरिएको थियो । पिचाइले अमेरिकी संसदमा जवाफ पनि दिएका थिए ।

यसको जवाफमा पिचाइले गुगलको एल्गोरिदम र नतिजा दिनका लागि धेरै किसिमका फ्याक्टरहरु काम गर्छन् । यससँगै मिल्दोजुल्दो विषय, लोकप्रियताजस्ता कुराहरुको विश्लेषणको आधारमा नतिजा देखाइने गरेको पिचाइले स्पष्टीकरण दिएका थिए ।

यस्तै पाकिस्तानी प्रधानमन्त्री खानको तस्वीर भिखारी सर्च गर्दा आउनुमा गुगलको सोही नियम कारण हो । अमेरिकी राष्ट्रपतिको पछिल्ला नीतिहरुको विषयमा सामाजिक सञ्जालमा उनी चर्चामा रहेका छन् । जसको कारण धेरै मानिसहरुले उनलाई ‘इडियट’ शब्दको प्रयोग गरेका हुन् । जसको कारण उनको तस्वीर ‘इडियट’ सर्च गर्दा अगाडि आउँछ ।

त्यसैगरी पाकिस्तान पनि अहिले आर्थिक समस्यामा रहेको छ । यस्तोमा आर्थिक समस्या समाधानको लागि पाकिस्तानी प्रधानमन्त्रीले केही मुलुकहरुको पनि भ्रमण गरेका थिए । जसको कारण सामाजिक सञ्जालमा भिखारीसँग उनको नाम जोडी गरिएको प्रचारले गुगलमा भिखारी सर्च गर्दा उनको नाम आएको हो । विशेषगरी भारतीयहरुले यसरी गुगलमा भिखारी सर्च गर्दा उनको नाम अगाडि आओस् भन्नका लागि यस्तो गरेको हुनसक्ने विश्लेषकहरुले बताएका छन् ।

यस विषयमा पाकिस्तानले पनि गुगलसँग स्पष्टीकरण माग्ने भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको विधानसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ