arrow

अनुपम खेरको नसीरुद्दिन शाहप्रति कटाक्ष – अझै कति स्वतन्त्रता चाहियो ?

logo
प्रकाशित २०७५ पुष ८ आइतबार
anupam-kher-narsudin.jpg

काठमाडौं । बलिउड अभिनेता नसीरुद्दिन शाहले देशको माहोलको विषयमा दिएको बयानमा अभिनेता अनुपम खेरले कटाक्ष गरेका छन् ।

नसीरुद्दिनले केही मुलुकहरुमा विष फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले केही मानिसहरुले कानुनलाई आफ्नो हातमा लिएको आरोप लगाएका थिए । उनले केही क्षेत्रमा एउटा गाई मारेको आरोपमा प्रहरी अधिकारी मारेको भन्दा ठुलो सजाय दिइने गरेको भन्दै आपत्ति जनाएका थिए ।

यसबारे अनुपम खेरले मुलुकमा सेनालाई अपशब्द बोल्ने अधिकार रहेको, हवाई प्रमुखलाई बदनाम गराउनेजस्तो अधिकार भएकोमा अझै कति स्वतन्त्रता चाहियो ? भन्दै नसीरुद्दिन शाहप्रति कटाक्ष गरेका हुन् । नसीरुद्दिन अनुपम खेरको निकै नजिकका साथी मानिन्छन् ।
 
केन्द्रीय मन्त्री मुख्तार नकवीले शनिबार अभिनेता नसीरुद्दिन शाहको परिवारको लागि डराउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । उनले मुलुकका सबै नागरिकहरुलाई डराउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् । उनले नसीरुद्दिनको भावना सही भएकोमा गलत अर्थ पनि निकालिएको पनि हुनसक्ने बताए ।

राजस्थानका मुख्यमन्त्रीले एक कार्यक्रममा नसीरुद्दिन शाहलाई कार्यक्रमको उद्घाटन सत्रमा नआउनका लागि दिइएको सुझावबारे दुःख व्यक्त गर्दै आफूहरु सुरक्षा दिन तयार रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ