arrow

सुजाता कोइरालाले सभापतिमा उम्मेद्वारी घोषणा गरिन्

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
sujata-koirala.jpg.jpeg
काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले १३ औं महाधिवेशनका लागि सभापतिमा उम्मेद्वारी घोषणा गरेकी छन् । आफ्नै निवास मन्डिखाटारमा पत्रकार सम्मेलन गर्दै नेतृ कोइरालालले उम्मेद्वारी घोषणा गरेकी हुन् । यस्तै, आजै कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौलाले समेत पार्टी सभापतिका लागि उम्मेद्वारी घोषणा गर्दै छन् । बरिष्ठ नेता शेरबहादुर देउवाले भने विहिबार मात्रै उम्मेद्वारी घोषणा गर्ने बताएका छन् । देउवाको समूहबाट महामन्त्रीका उम्मेद्वार अर्जुननरसिंह केसीले मंगलबारे उम्मेद्वारी घोषणा गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ