arrow

कांग्रेसका शीर्ष नेताहरु एकै ठाउँमा : कस्ले के भने ?

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
congres-Tin-neta.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले पदमा को पुग्ने भन्ने बाहेक सबै मुद्दामा एक रहेको धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शीर्ष नेताहरुले आफुहरु महाधिवेशनपछि एक भएर लाग्ने बताए । कार्यवाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमानसिंह तथा प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले संयुक्त पत्रकार समम्मेलनमा आफुहरु नेतृत्व बाहेकका सबै मुद्दामा एक रहेको बताए । नीति तथा कार्यक्रममा सबैको एउटै साझा धारणा रहेको बताउँदै उनीहरुले महाधिवेशनपछि भूकम्पपछिको पुनःनिर्माण, सामाजिक आर्थिक र राजनीतिक रुपान्तरणमा लाग्ने प्रष्ट्याए । 
 
हामी एक छौं भन्ने सन्देश दिन एकै ठाउँमा भेला भएका नेताहरुले जनताको माग सम्बोधन गर्नका लागि र संविधानले सबै समुदायलाई समेटेर अघि बढ्न समेत कार्यान्वयनमा बढी गम्भीर हुने सुनाए । नेताहरुले वीपीको संविधानसभाबाट संविधान जारी गर्ने सपना सुशीलले पुरा गरेको भन्दै वीपी, गणेशमान, गिरिजा र सुशीललाई पटक–पटक सम्झिए । 
 
कार्यवाहक सभापति रामचन्द्र पौडेलले १३औं महाधिवेशन सामाजिक रुपान्तरणको महाधिवेशन हुने बताए । कांग्रेसले युग अनुसार परिवर्तन हुने संकल्प गरिसकेकाले सामाजिक विकासका लागि एक भएर अघि बढ्ने पौडेलको भनाई छ । पौडेलले भने, ‘अब आर्थिक, सामाजिक र राजनीतिक विकास एवं समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गर्दै अघि बढिन्छ ।’
 
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले अबको एजेण्डा आर्थिक विकास र समृद्धि नै भएकाले पार्टी एक भएर अघि बढ्ने बताए । देउवाले भने, ‘महाधिवेशनपछी सबै एक ठाउँमा आउँछौं ।’ देशको समग्र विकासको लागि पार्टी जिम्मेवार ढंगले अघि बढ्छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले वीपीको नीति, गिरिजाको जोस र सशक्तता तथा सुशीलको योगदान चिल्याउन आफु हरदम लागि पर्ने दृढता जनाए ।
 
सिटौलाले कांग्रेस वीपीको नीति र सिद्धान्तबाट कतै विचलित नहुने बताए । सिटौलाले भने, ‘त्यो मार्ग निर्देशलाई आत्मसात गर्दै मुलुकको समग्र विकासलाई केन्द्रमा राखेर अघि बढ्ने छौं ।’ रफ्तारमा काम गर्ने छौं । महामन्त्री प्रकाशमान सिंहले समेत आफुहरुको राजनीतिक लडाई जनताको अधिकार प्राप्तिकै लागि भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ