arrow

गुट तोडेर उम्मेदवारी घोषणा, नीति प्रधानताको खोजी

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
gutbihin-neta.jpg.jpeg
काठमाडौं । गुटगत राजनीतिक परम्परा तोडेर नीतिको आधारमा पार्टी सञ्चालनको पद्धति बसाल्न भन्दै नेपाली कांग्रेसका केही नेताहरुले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले वुधबार आयोजना गरेको साक्षात्कारमा यूवा नेताहरु चन्द्र भण्डारी, बद्री पाण्डे, राजेन्द्र बजगाई, आङ गेलु शेर्पा, कर्मा छिरिङ शेर्पा र विष्णुप्रसाद सिटौला लगायतले पार्टीको १३औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।  
 
साक्षात्कारमा नेता चन्द्र भण्डारीले पार्टीको नीतिलाई लागु गर्न सक्ने संरचना निर्माणको लागि नेतृत्व विकास गर्ने मान्यताका साथ आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको स्पष्ट पारे । गिरिजाप्रसाद कोइरालापछि शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गरेको भए अहिले यूवा पुस्ताले कांग्रेसको नेतृत्व पाउने अवस्था हुने थियो, भन्दै अन्तिम पटक नेतृत्वको अवसर दिने गरी आफू देउवा प्यानललाई सहयोग गर्ने गरी उम्मेदवार बन्ने बताए । 
 
नेता बद्री पाण्डेले मुलुकमा राजनीतिक क्रान्ति समाप्त भएकोले अब समृद्धिको नीति बनाएर पाटीलाई विसंगतपूर्ण राजनीतिबाट मुक्त गर्न आफू केन्द्रीय सदस्य पदको उम्मेदवार बनेको भन्दै सस्थापन पक्षलाई सहयोग गर्ने गरी आफू उम्मेदवार बन्न लागेको स्पष्ट पारे । 
 
उद्योगी एवं नेता राजेन्द्र बजगाईले वीपीको विकासवादी सिद्धान्तलाई सबैले विर्सिएको अवस्थामा आफू विकासको नारा लिएर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउँदै आफू अहिले देखिएका कुनै प्यानलबाट नभई स्वतन्त्र रुपमा उम्मेदवार बन्ने बताए । 
उनले मुलुकमा राजनीतिको कुरा धेरै भएकोले अब आर्थिक विकासको कुरा गनु पर्ने भन्दै विकासको विषयलाई बहस बनाउन उम्मेदवारी दिन लागेको बताए । 
 
आङ गेलु शेर्पाले पार्टीलाई शसक्त, सुदृढ बनाउँदै विद्यान अनुसार सञ्चालन गर्ने बातावरण निर्माण र भातृ संगठनहरुलाई प्रभावकारी बनाउने एजेण्डा प्रस्तुत गर्दै बरिष्ठ नेता शेरबहादुर देउवालाई नेतृत्वमा ल्याउने गरी आफू जनजातिको आरक्षण कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने घोषणा गरे । 
 
कर्मा छिरिङ्ग शेर्पाले बीपी कोइरालाको सिद्धान्तबाट प्रभावित भएर काग्रेसमा लागेको आफू वीपीको सिद्धान्त अनुसार पार्टीलाई अघि बढाउने एजेण्डा लिएर अघि बढेको भन्दै आफू सस्थापन पक्षका रामचन्द्र पौडेललाई सघाउने गरी जानजाति आरक्षण कोटामा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरे । 
Displaying ang.JPG
Displaying ang.JPG



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ