arrow

चिन्तामणि र शिवराम राष्ट्र बैंकको डेपुटी गर्भनर नियुक्त

तीन मुलुकमा महावाणिज्य दुतको व्यवस्था

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
Oli-cabinet.jpg.jpeg
काठमाडौं । चिन्तामणि शिवाकोटी र शिवराम श्रेष्ठ नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर नियुक्त भएका छन् । वुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र श्रेष्ठलाई डेपुटी गर्भनर नियुक्त गरेको हो । यस्तै, मन्त्रिपरिषद् बैठकले सह–सचिवहरु एकनारायण अर्याल कोलकाता, गोविन्द कार्की ल्हासा र कमल भट्टराईलाई हङकङको महावाणिज्य दुत नियुक्त गरेको छ ।
 
बैठकबाट प्राधिकरणकै सिफारिसमा पुनःनिर्माण प्राधिकरण नियमावली, भूकम्पमा क्षतिग्रस्त नीजी घरको पुनःनिर्माणाका जमिन उपलब्धता कार्यविधि, अनुदान कार्यविधि, सहुलियत ऋण वितरण कार्यविधि र घर निर्माण कार्यविधि पारित भएको सरकारका प्रवक्ता सुचना तथा संचार मन्त्री शेरधन राईले जानकारी दिए ।  
 
धनुकटाको छिन्ताङ, झापाको सुखानी र सोलुखुम्बुको टिम्बुरबोटे काण्डमा तत्कालीन पञ्चायती शासकबाट हत्या भएका राजनीतिक नेता तथा कार्यकर्तालाई शहीद घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले बैठकले गरेको छ । त्यसताका क–कसको हत्या भएको थियो भन्नेबारे अध्ययन गरेर शहीद घोषणाको सिफारिस गर्न उपप्रधानमन्त्री भीम रावलको संयोजकत्वमा कार्यदल गठन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ