arrow

डा केसीद्धारा कुनै पनि बेला आमरण अनसन बस्न सक्ने चेतावनी, कारण यस्तो 

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
dr-govinda-kc-ward.jpg

काठमाडौं । अभियन्ता डा गोविन्द केसीले तत्काल अनसन थाल्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ पटक आमरण अनसनमा बसेर ज्यान जोखिममा पारेका वरिष्ठ अर्थोपेडिक सर्जन केसीले समयमै चिकित्सा शिक्षा विधेयक पारित नभए १६ औं चरणको आमरण अनसन थाल्ने बताएका हुन् । 

उनले सरकारले आफ्ना माग पूरा नगरे पुस १७ गतेबाट फेरि अनसन थाल्ने पूर्वघोषणा गरिसकेका छन् । 

तर उनी त्यसअघि नै अनसन बस्ने खतरा बढेको छ । आइतवार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिमा शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) लाई चिकित्सा शिक्षा आयोगबाट बाहिर राख्नेबारेमा लबिङ गरिएको बुझेपछि डा केसी थप आक्रोशित भएका छन् । सीटीइभीटीलाई अलग राख्नु भनेको सरकार र डा गोविन्द केसीबीच भएको विगतको सहमति विपरीत हुनेछ । 

सीटीइभीटीलाई छुट्याउन खोजे आफू कुनै पनि बेला अनसन बस्न सक्ने चेतावनी डा केसीले दिएका हुन् । 

उपसमितिको बैठकमा अधिकांश विषयमा सरकार र डा गोविन्द केसीबीच भएको सम्झौता अनुरूप नै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन सहमति जुटेको बताइएको छ।

तर प्राविधिक शिक्षा सञ्चालन गर्ने शैक्षिक निकाय शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) लाई भने अब बन्ने चिकित्सा शिक्षा आयोगबाट अलग राख्नुपर्ने धारणा शिक्षा मन्त्रालयले राखेको बताइएको छ । 

डा केसीका अनुसार पाँच वर्ष भित्र सीटीइभीटीलाई बन्द गर्ने कुरा छ। झन्डै १७ सय मेडिकल कलेजहरू सीटीइभीटी सम्बन्धनको पर्खाइमा रहेको अनुमान छ । तर छुट्टाउन खोज्नु आर्थिक चलखेल गर्न खोजिएको हो कि भन्ने आशंकासमेत पैदा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ