arrow

बिहारका मुख्यमन्त्री नीतिशकुमार काठमाडौंमा, राजनीतिक भेटको कार्यक्रम

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
nitish-kumar.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागि छिमेकी राष्ट्रबाट अतिथिहरु आउने क्रम जारी छ । भारत बिहारका मुख्यमन्त्री नीतिश कुमार काठमाडौं आइपुगेका छन् । नीतिश अघि बंगलादेशका सूचनामन्त्री हसानुल हक इनु काठमाडौं आइपुगेका थिए । 
 
काठमाडौं पुगेका नेता नीतिशकुमारले महाराजगञ्जस्थित काँग्रेस नेता शसांक कोइरालाको निवासमा पुगेर दिवंगत कांग्रेस सभापति सुशील कोइरालाको तस्वीरमा श्रद्धाञ्जलि अर्पण गर्ने छन् । लगत्तै मुख्यमन्त्री नीतिश कुमारले एकीकृत माओवादी पुष्पकमल दाहालको निवासमा दाहालसंग भेट गर्ने कार्यक्रम छ । यस्तै, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसंग भेट गर्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ