arrow

रोनाल्डोलाई झट्का, रेट घट्यो, ११ करोड डलर

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
ronaldo-Ret.jpg.jpeg
एजेन्सी । पोर्चुगिज स्टार तथा रियाल मड्रिडका मुख्य फरवार्ड किश्चियानो रोनाल्डोलाई अर्को झट्का लागेको छ । स्पेनको एक म्यागजिनले गरेको सर्वेक्षण अनुसार रोनाल्डोको रेट समर्थक तथा केही क्लबले सोचेजस्तो नरहेको जनाएको छ ।  उनको यो वर्ष बजार मूल्य करिब नेपाली १ अर्ब २१ करोडले घटेको छ । उनको यो वर्ष शीर्ष क्लब र देशविरुद्धको खराब प्रदर्शनकै कारण मूल्यमा गिरावाट आएको हो । 
 
रोनाल्डोले व्यवसायिक फुटबल खेल्ने रियाल मड्रिड ला लिगाको उपाधि होडबाट बाहिरीसकेको छ, भने ला लिगा करिब बार्सिलोनाले कब्जा गर्ने पक्का भएको छ । ३ पटक बेलोन डे’अर जितिसकेका ३१ वर्षीय रोनाल्डोको सन् २०१८ मा रियाल मड्रिडसंग सम्झौता सकिने र त्यसपछि उनी रियाल छोडेर अन्यत्रै लाग्ने बुझिएको छ । रियालमा नयाँ प्रशिक्षक जिनेदिन जिदान आएपछि केही सुधार हुने अपेक्षा गरिएकामा त्यसो हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ