arrow

लियोनार्डोका ओस्कार विहिन ६ चलचित्र

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
leonardodicaprio.jpg.jpeg
एजेन्सी। अमेरिकाको लस एन्जल्समा ८८ औं ओस्कर अवार्ड समारोहमा हलिउड सुपरस्टार लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । संसारकै सबभन्दा ठूलो फिल्म अवार्ड मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन्।
सन् १९९४ मा हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो १९ वर्षको छँदा ‘ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप’बाट उत्कृष्ट अभिनेताका लागि ओस्कार मनोनयनमा परेका थिए । त्यसपछि उनी पाँच पटकसम्म मनोनयनमा परे। तर ओस्कार हात परेन।
 
छैठौं पटकमा ‘रेभेनेन्ट’ बाट परेको मनोनयन भने सार्थक रह्यो, उनले पहिलोपटक ओस्कार अवार्ड चुमे ।ओस्कार अवार्ड पाउनु सामान्य  कुरा होइन। 'टाइटेनिक' का चकलेटी हीरोवाट ‘रेभेनेन्ट’को  शिकारी सम्मको भुमिका  लियोनार्डो फिल्मि यात्रा इतिहासमै सफल भएको छ। हेरौ उनको जिवनका ओस्कार विहिन सफल चलचित्रहरु
 
१. टाइटैनिक: सन् १९१२ मा इंग्ल्याण्डको साउथ ह्म्पटनवाट अमेरिका जाँदै गरेको जहाज दुर्घटनाको कथालाई निर्देशक जेम्स क्यामरुनले पर्दामा उतारे । जुन चलचित्रमा लियोनार्दो र केट वीन्सलेटले अभिनय गरेका छन् । केटले सोही पात्रवाट ओस्कर अवार्ड पाइन् । ‘टाइटनिक’ले अरु १० विधामा अवार्ड पायो भने लियोनार्दो अवार्ड विहिन रहे ।  
 
२. ग्याङ अफ न्यूयोर्कः सन् २००२ मा रिलिज भएको चलचित्र अमेरिकाको ग्याङ वारमा आधारित रहेको छ ।  यस फिल्ममा लियोनार्दोर्को भुमिका छोटो र प्रभावकारी थियो  । चलचित्र सुपरहिट भयो। यस चलचित्र १० विधामा अस्कर अवार्डमा मनोनयनमा पनि परे पनि  लियोनार्दोले खाली हातमै चित्त बुझाए । चलचित्रले वेष्ट फिल्मको अवार्ड पाएको थियो । 
 
३ .द एभिएटरः सन् २००४ मा रिलिज भएको फिल्म द एभिएटर समसामयिक कथामा आधारित रहेको छ । यस फिल्ममा लियोनार्दो मुख्य भुमिकामा छन् । उनी यस चलचित्रमा  उद्योगपतिको भुमिकामा छन् जसले उद्योग स्थापना गर्न सफल त हुन्छन् तर अन्तमा पागलपनको शिकार । एक ब्यक्ति जसले उघोग  बदल्नेको श्रेय जान्छ । मुख्य अभिनेताको मनोनयनमा परेका लियोनार्दोले ओस्कार भने पाउन सकेनन् । 
 
४. ब्लड डायमण्डः सन् २००६ मा रिलिज भएको चलचित्रमा लियोनार्दोले हिराको तस्करको भुमिका देखिएका छन् । एउटा गोरो सिपाही जो कालो जातीका मानिससँग मिलेर हिरा निकाल्छ र बिक्री गर्छ । अन्त्यमा उसको मृत्यु हुन्छ ।ब्लड डायमण्डमा पनि  लियोनार्डो अस्कर अवार्डमा मनोनयनमा परेका थिए तर अवार्ड पाएनन् । 
 
५. इनशेप्शनः सन् २०१० मा रिलिज  क्रिस्टोफर नोलानको यस चलचित्रमा लियोनार्दोले सपनालाई पछ्याउदै  चोरी गर्ने भुमिका निर्वाह गरेका छन् । सपनाको तिन भागको कथा चाखलाग्दो रहेको छ ।   यस चलचित्रले अवार्ड पायो तर  लियोनार्दोले भने नामै मात्र ।
 
६. द वुल्फ अफ वाल स्ट्रीटः  सन् २०१३ मा रिलिज भएको चलचित्र वाल स्ट्रीटको एक बद्मास शेयर ब्रोकरको भुमिका निर्वाह गरेर लियोनार्दोको अभिनय साचै सम्झन लायकको छ । चलचित्रमा नकारात्मक भुमिका जसमा लियोनार्दो नशाका अमलीका  र मान्छेलाई मुर्ख बनाएर पैसा कमाउने अभियानमारुपमा छन्  । समसामयिक विषयमा बनेको यस चलचित्रले निकै राम्रो कमाई गरेको थियो । सन् २०१४ मा नोमिनेशन मा परेका लियोनार्दोले खाली हात चित्त बुझाउनु परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ