arrow

अनुष्काको चलचित्रमा विराटको तारिफ, ट्विटरमा गालीको बर्षा

logo
प्रकाशित २०७५ पुष ९ सोमबार
Virat_Anushka.jpg

काठमाडौं । भारत र अष्ट्रेलियाबीच चार टेष्ट सरीज मध्ये दुई सिरीज हुन बाकी छ । टीम इन्डिया कप्तान विराट कोहली तेस्रो टेस्टको तयारी बिच केहि समय निकालेर हालै रिलीज भएको चलचित्र 'जेरो' हेरेका छन् ।

चलचित्रमा विराटकी श्रीमती तथा अभिनेत्री अनुष्का शर्मा पनि प्रमुख भूमिकामा रहेकी छन्। शाहरुख खान, अनुष्का र कट्रिना कैफ स्टारर चलचित्रको समीक्षा खासै राम्रो नभएपनि विराटले यो चलचित्र मन पराएका छन ।

 विराटले ट्विटरमा लेखेका छन् , "मैले जिरो हेरे र मलाई चलचित्र  धेरै राम्रो लाग्यो। मलाई धेरै मजा आयो, सबैले चलचित्रमा राम्रो  अभिनय गरेका छन्। अनुष्का शर्माको भुमिका ज्यादै राम्रो लाग्यो किनभने मलाई लाग्छ उनीको भूमिकामा अत्यन्तै चुनौतीपूर्ण थियो र उनले अचम्मको अभिनय गरेकी छन्। "

विराटले चलचित्रको प्रशंसा गरेपछि अब उनी आफ्नो ट्वीटरको लागि धेरै ट्रोल भएका छन् । मानिसहरुले सो पोष्टमा कयौ टिप्पणी गरेका छन् । उनिहरुले लेखेका छन् 'श्रीमतिको चलचित्र हो , त्यसैले विराटले यस्तो पोस्ट लेखेका हुन् ।' केही मानिसहरूले भने विराटको यो ट्विटलाई झूटो बताउदै गाली गरेका छन् ।

Saw @Zero21Dec and loved the entertainment it brought. I enjoyed myself. Everyone played their parts well. Loved @AnushkaSharma performance because I felt it was a very challenging role and she was outstanding.

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ