arrow

सिटौलाको समूह घोषणा: महामन्त्री गगन थापा, कोषाध्यक्ष उमाकान्त चौधरी

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
sitaula-ghosana.jpg.jpeg
काठमाडौं । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनका लागि समूहसहित सभापतिको उम्म्द्वारी घोषणा गरेका छन् । काठमाडौंको बतिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गरी सिटौलाले उम्मेद्वारी घोषणा गरेका हुन् । सिटौलाको समूहमा महामन्त्रीमा गगन थापा र कोषाध्यक्ष उमाकान्त चौधरी छन् । कार्यक्रममा कार्यकर्ताले दिवंगत पार्टी सभापति सुशील कोइरालाप्रति मौनधारण गरे । युवा तथा पूर्व सांसद, पूर्वमन्त्री, पूर्व जिल्ला सभापतिहरु लगाएत महाधिवेशन प्रतिनिधि गरी करिब २ हजार बढी नेता कार्यकर्ता पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ