arrow

दुर्गम क्षेत्रको विकासका लागि संघीयता :प्रदेश मन्त्री बस्नेत

logo
कौरव खत्री,
प्रकाशित २०७५ पुष ९ सोमबार
basnet.jpg

बाग्लुङ्ग । गण्डकी प्रदेशका भौतिकपूर्वाधार विकास मन्त्री  रामशरण बस्नेतले मुलुकका दुर्गम र विकट क्षेत्रको बिकासको निम्ती संघीयता आएको बताएका छन् । बाग्लुङ्गको बडिगाड गाँउपालिका २ स्थित त्रिभुवन नमुना माबिको ५९ औ बार्षिकोत्सब तथा अभिभावक दिवसको उद्घाटन गर्दै उनले अब दुर्गम र विकट क्षेत्रमा समानान्तर तरिकाले बिकास गरीने बताए ।

‘हामी आफैले समृद्धि ल्याउने हो’ उनले भने ‘एउटा ब्यक्ति, एउटा दलले मात्र समृद्धि ल्याउन सकिन्न, सबै दलको एकता चाहिन्छ’ । उनले अब सबै दलहरु आफ्नो स्वार्थ भन्दा माथी उठेर अघि बढ्नुपर्ने बताए ।मन्त्री बस्नेतले अबको बिकास गुणस्तरीय शिक्षा बिना सम्भव नहुने भन्दै गाँउगाउँमा प्राविधिक शिक्षाको ब्यबस्था गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले ग्रामिण इलाकामा रहेका प्राविधिक शिक्षालयहरुमा बजेटको ब्यबस्था गरीएकोे भन्दै प्रदेश सरकारले प्राविधिक शिक्षालय स्थापनामा अघि बढ्ने बताए ।

‘अहिले हामीले लिएको शिक्षा व्यवहारीक भएन’ उनले भने ‘अव हामीले गुणस्तरीय प्राविधिक शिक्षा दिने तर्फ छलफल चलाउनु पर्छ’ ।
उनले संघीयता पछिकोे नया सरकार प्रदेश सरकार भएको भन्दै स्थानीय तहसँग समन्वय गरी अगाडी बढ्ने बताउँदै बडिगाड गाँउपालिकाका जनप्रतिनिधिहरुलाइ आफुहरु सँग भएकोे साधन र श्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धिमा जुट्न आग्रह गरे । अब पर्यटकहरु नभित्राए सम्म बिकास सम्भव नहुने भन्दै गाँउगाँउमा होमस्टेहरु सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले यस बिद्यालयलाइ नमुना भएको प्रति बधाइ दिदै यतिमात्र सन्तुष्ट हुने आधार नभएको कारण देशकै नमुना बिद्यालय बन्ने तर्फ अघि बढ्न पनि आग्रह गरे । उनले देशका हरेक क्षेत्रमा आन्दोलन गर्ने परिपाटीका विकास भएको भन्दै अब आन्दोलन गर्ने दिन गएको बताए । उनले गण्डकी प्रदेश आन्दोलन नहुने प्रदेश बनाउने पनि बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य सावित्रा राना, नेकपाका नेता कृष्ण पाठक, रुद्रावती बहुमुखी क्याम्पस वामी वामीका क्याम्पस प्रमुख रामु तिवारी, नेपाल शिक्षक संघ गण्डकी प्रदेशका महासचिव सागर खरेल, बिद्यालय व्यवस्थापन समिति सदस्य होसियारसिंह थापा, सरकारी तथा गैरसरकारी संस्थाको तर्फबाट विना थापा लगायतले बोलेका थिए भने प्रधानाध्यापक ढालमणी भण्डारीले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन शिक्षक कमल पौडेलले गरेका थिए । सोमवार बाट सुरु भएको बार्षिकोत्सव कार्यक्रम बुधवार सम्म चल्ने छ भने आज सरस्वती पुजा, प्रभातफेरी, अन्तर विद्यालय स्तरीय वक्तृत्वकला, सटपुट, पीटि प्रदर्शन लगायतका कार्यक्रम सम्पन्न भएका छन् भने अन्य कार्यक्रमहरु भोली र पर्सी सञ्चालन हुँनेछन् ।

यस क्षेत्रमै पहिलोे पटक प्राविधिक शिक्षा सञ्चालन गरेको यस बिद्यालयमा प्राविधिक शिक्षाका कारण विद्यार्थीहरुको आकर्षण पनि बढ्दै गइरहेको छ । भने नमुना बिद्यालय घोषणा पनि भइसकेको छ । सोमबार मात्रै विद्यालयमा नवनिर्मित चारकोठे भवन समेत समुद्घाटन गरीएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ