arrow

इसाईको संरक्षणमा मन्दिर भत्काउने प्रचण्डलाई खुला पत्र

logo
सन्तोष आचार्य, 
प्रकाशित २०७५ पुष ९ सोमबार
santosh-acharya.jpg

प्यारो नेता प्रचण्ड जी नमस्कार !!!
यो अभागीले हजुरलाई नजिकैबाट नचिने पनि तपाईलाई नजिकैबाट चिन्ने सायद धेरै छ्न् होला । कम्युनिष्टको खोल ओढेर अब कति दिन क्रिस्चियन इसाईको धर्मप्रचारमा लाग्नु हुन्छ । किनकी तपाईहरु कम्युनिष्ट भएर धर्मनिरपेक्षको आडमा क्रिस्चियन इसाई धर्मप्रतिको माया ममतालाई के नेपाली जनताले थाहा नपाउला र  ।
 
ईसाईहरूको संरक्षण र सहयोगमा हुर्किएको हजुरहरुको भुपु पार्टीले युद्धकालमा मन्दिर भत्काउने, धर्मगुरुको हत्या गर्ने, नेपाली मौलिक संस्कृति एवम् परम्पराविपरीतका क्रियाकलाप गर्ने  !! राजनीतिक परिवर्तनको नाममा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक ढाल्ने ।

हिन्दूराज्यको पहिचान मेटेर कपटपूर्ण तरिकाले धर्मनिरपेक्ष बनाउनु सुशील कोइराला जस्तो सोझो प्रधानमन्त्री त पाउनु नै भए को हो क्यारे । जातीय एवम् क्षेत्रीय सद्भावमा टिकेको नेपालको अस्तित्वलाई जगैदेखि ध्वस्त गर्नका निम्ति क्षेत्रीयतावाद र जातिवाद प्रोत्साहित हुने सङ्घीयतालाई बलजफ्ती प्रवेश गराउन त सुबास नेम्वाङ, कृष्णबहादुर महरा, बाबुरामहरुको साथले सफल हुनु नै भए को हो ।

गीतालाई हातले छोएर भगवानको नाममा कसम नखाएर कम्युनिष्टको नाम जोगाउने अनि खाँटी मार्क्सवादी हुनुपर्छ भन्दै आफ्नै बाउ बाजेको परम्परा संस्कृति, धर्मको बिरोध गर्नु पनि हुँदैछ आज भोलि ।

परम्पराअनुसार आफ्नी आमाको किरियाकर्म नगरेर प्रगतिशील बनेको प्रमाणित हुन खोज्ने माधव कमरेडहरु इसाईमाताको पाउमा छाँद हालेर ‘हलेल्लुलाह’ भनी युगल जोडी गाँसिएर चिच्याएको नेपाली हामीले आँखा छोप्दा पनि देखिएछ त ।

सत्य कुरा कहिले छोपिँदैन । अनि झुटो कुरा कहिले लामो समय सम्म टिक्दैन । यस कुरोको चरिथार्थ हजुरहरुले धर्मनिरपेक्ष राष्ट्र नेपाल किन बनाउनु भएको रहेछ भन्ने कुरा अब नेपाली हामीले स्पस्ट बुझे कि अझै बुझाउनु पर्ने होला ।

माक्र्सवादलाई तिलाञ्जली दिएको पनि त धरै नै भो क्यारे । कमरेडहरु अब त ६० कट्नु भो होला अब फेरि नेपाललाई प्रयोगशाला बनाउन नखोजे कसो होला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ