arrow

उपसचिव संजेलको प्रश्न –मेरो असिस्टेन्टको कार केपी ओलीले किन्दिए कि गोकर्ण विष्टले 

भ्रष्टाचार विरोधी संजेललाई काम गर्न नदिन महिनैपिच्छे सरुवा 

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
prem-prasad-sanjel.jpg

काठमाडौं । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद संजेलको महिनै पिच्छे सरुवा भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने भन्दै भाषणबाजी गरे पनि उनकै कारण इमानदार कर्मचारीले दुःख पाएको आरोप लाग्दै आएको छ । 

४० वर्षे कर्मचारी जीवनमा अहिलेसम्म कसैसंग सम्झौता नगरेको दावी गर्ने संजेलले भनेका छन् – मेरो घरमा साइकलसमेत छैन मेरो एसिस्टेन्टको कार कसले किन्दियो ? केपी ओलीले किन्देको हो ? गोकर्ण विष्टले किन्देको हो ? त्यसको थाहा चाहियो ।’

उनले भने, ‘सरुवा गर्ने सचिव महेश दाहालले मलाई यसको जानकारी दिनुपर्यो ।’ उनले नेपाल बिग्रिनुको पछाडि कर्मचारीको हात रहेको र नेताले भ्रष्टाचार गरेको दावी गरेका छन् । 

कुनै कर्मचारीको सरुवा दुई वर्षपछि हुन्छ । त्यसअघि गर्नुपरे त्यसको कारण लेख्नुपर्छ उनले त्यो कारण पनि खोजेका छन् । 

उनले आफू विरुद्ध सबै लागेको बताएका छन् । उनले कर्मचारीदेखि लिएर उद्योगीसम्म आफू विरुद्ध लागेको स्पष्ट पारेका छन् । 

पछिल्लो समय दुई महिनाअघि श्रम कार्यालय विराटनगर सरुवा भएका सञ्जेलको सीप विकास तालिम केन्द्र इटहरीमा सरुवा भइसकेको छ । 

इमानदार संजेललाई यसरी सरुवा गरिरहँदा कसरी सुखी नेपाली समृद्ध नेपालको सपना कसरी  पूरा हुन्छ भन्दै हेल्लो सरकारमा समेत गुनासो पुगेको छ । 

के के भने संजेलले पत्रकार सम्मेलनमा ? भिडियोसहित



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ