arrow

अमिताभ बच्चनले किने २५ बिघा जमिन, मूल्य कति ?

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
amitabh_bachchan.jpg

काठमाडौं ।  बलिउड सुपर स्टार अमिताभ बच्चनले काकोरीमा २५ बिघा जग्गा किनेका छन् ।  किसानको मार्ग नजिकैको सो भूमिको मूल्य २३ करोड २० लाख नेपाली रुपैयाँ रहेको छ।

अमिताभसँग काकरीमा पहिले नै ३३ बिघा जग्गा थियो । किसानको मार्ग वरपरको जग्गाको मुल्य काकोरी क्षेत्रमा सबैभन्दा उच्च रहेको छ । साथै, आगामी दिनमा किसान मार्ग नजिकको जग्गाको मूल्य धेरै बढ्ने आश गरिएको छ ।

अमिताभले सो कुराको औपचारिक रूपमा पुष्टि भने गरेका छैनन् । तर स्रोतहका अनुसार अमिताभले रजिस्ट्री गरिसकेका छन् । अमिताभ बच्चनले सो जमीन चौधरी खेडामा २३ करोड २० लाख नेपाली करोड रुपैयाँमा किनेका हुन्  । उनीसँग चौधरी खेडा र मुज्जफरपुर पालियाकालमा पहिले देखि नै जमीन छ । बलिउडले रुचाएको लखनउ स्टारहरुले अवधको जमिन रुचाउन थालेका छन्  ।

केहि समय अघि अभिनेता गोविन्द पनि सो स्थानमा जग्गा हेर्न पुगेका थिए । तर केहि कारण बस उनले जग्गा किनेन् ।  तर उनले लखनऊमा भूमि किन्ने बताएका छन् । यसबाहेक, एक खेलाडीले लखनऊमा जग्गा किन्ने इच्छा देखाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ