arrow

क्रिसमसबारे धेरैलाई थाहा नभएका तीन रोचक प्रसंगहरु

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
easyjet1.jpg

काठमाडौं । मंगलबार विश्वभर क्रिसमस पर्व मनाइँदै छ । इशाइहरुको ठुलो पर्वको रुपमा रहेको क्रिसमसको बारेमा धेरै कथाहरु सुन्न पाइन्छ । यस्तोमा क्रिसमसबारे केही रोचक कहानीहरु यहाँ उल्लेख गरिएको छ–

पहिलो –
यो क्रममा अमेरिकी हवाई सेनाले क्रिसमनका लागि ६६ वर्षदेखि विभिन्न ५६ द्वीपमा उपहार खसाउँदै आएको छ । जसमा केही खाद्यान्न सामग्रीहरु, कपडा, जुत्ता बच्चाका खेलौनाहरु र विद्यालयका आवश्यक सामग्रीहरु हुने गरेका छन् ।सन् १९५२ देखि अमेरिकी हवाई सेनाले क्रिसमसको उपहार बाँड्न सुरु गरेको थियो । क्रिसमसको समयमा गुआममा रहेको एन्डरसन एयरफोर्सका विमान कुनै मिसनका लागि अघि बढिरहेको थियो । बीच बाटोमा केही मानिसहरुले हात हल्लाइरहेको पाइलटले देखे । त्यसपछि उनीहरुका लागि कही उपहारहरु झारिदिए ।

विमानबाट सामग्रीहरु खस्दा मानिसहरु निकै खुसी भएका थिए । उक्त क्षेत्रमा खानेपानी र बिजुलीको पनि राम्रो व्यवस्था थिएन र बेलाबेलामा आँधी आइरहन्थ्यो । त्यसपछि अहिलेसम्म पनि क्रिसमसको यो परम्परा जारी रहेको छ । अहिले पनि यो क्षेत्रमा अमेरिकी हवाई सेनाको विमानबाट उपहारको बक्सा खसाइने गरिएको छ । यसको कुल तौल १८० किलो हुन्छ । जसमा घर बनाउने सामग्रीदेखि खेलौना तथा दूधसम्म पनि हुने गरेको छ । केही सामग्री नबिग्रियोस भन्नका लागि पानीमा खसाइने गरिएको छ ।
यस वर्षका लागि क्रिसमस आउनुभन्दा एक साता अघि नै अमेरिकी सेनाले आफ्नो काम पूरा गरेको छ । जसमा फरक फरक द्वीपमा बस्ने ३० हजार मानिसहरुका लागि करिब २८ हजार सामग्रीहरु खसालिएको थियो ।

दोस्रो –
जापानमा पनि एक झुटको माध्यमबाट क्रिसमसको एक अनौठो परम्परा सुरु भएको थियो । जापानमा क्रिसमसमा कुखुराको मासु खाने परम्परा रहेको छ । सन् १९७० मा पहिलोपटक केएफसीले जापानमा फ्राइ चिकेनको व्यापार सुरु गरेको थियो । यस्तोमा म्यानेजरलाई व्यापार बढाउन ठूलो मिहिनेत गर्नुपरेको थियो । यस्तोमा उनले पश्चिमा मुलुकहरुमा क्रिसमसको अवसरमा कुखुराको मासु खानु अनिवार्य रहेको हल्ला फैलाए । यो हल्लाले जापानमा क्रिसमसको अवसरमा टर्कीको सट्टामा कुखुराको मासु खान थाले । गत वर्ष पनि ३६ लाख मानिसहरुले क्रिसमसका लागि केएफसीबाट कुखुराको मासु अर्डर गरेका थिए । यो संख्या जापानको कुल जनसंख्याको २० प्रतिशत हो ।

तेस्रो –
बेलायतको लुटान एयरपोर्टमा विश्वको सबैभन्दा ठुलो क्रिसमस लाइट सो लगाइएको छ । यहाँ १२० फिट लामो एयरबस ए३२० विमानलाई २.४ किलोमिटर लामो एलईडी बल्बको प्रकाशले उज्यालो बनाइएको थियो । ५ हजार वर्गमिटरको यो प्लेनलाई विभिन्न रङ्गीविरङ्गी प्रकाशको उज्यालोले ढाकिएको थियो । एयरपोर्टले यसका लागि इजिजेट एयरलाइन्सको सहयोग लिएको थियो । एयरपोर्ट आफ्नो ८० औं स्थापना दिवस मनाउने क्रममा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ