arrow

‘मेरो नशा–नशामा’ वीपीको रगत होइन विचार बगिरहेको छ : गगन थापा

अबको चार वर्षभित्र कांग्रेसलाई भारी बहुमत ल्याउने पार्टी बनाउने संकल्प गर्दछौं

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
gagan-thapa-new-p.jpg.jpeg
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य गगन थापाले १३औं महाधिवेशनले वीपी र गिरिजाप्रसादको उत्तराधिकारी खोजेको बताएका छन् । महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै थापाले वीपीको नीति र सिद्धान्तलाई संस्थागत गर्ने हस्तीको रुपमा पार्टी सभापतिको उम्मेद्वारी घोषणा गरेका कृष्णप्रसाद सिटौलालाई सहयोग गर्नुको स्वार्थ समेत वीपी र गिरिजाको योगदान चिल्याउनु हो–भने । बतिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको पत्रकार सम्मेलनमा थापाले भने, ‘म सँग वी पीको बिरासत छैन । वीपीको रगत मेरो नसामा बग्दैन । तर, मेरो नशा–नशामा वीपीको विचार बगिरहेको छ ।’ वीपीको दृढता र संकल्पको चर्चा गर्दै थापाले यो प्रतिस्पर्धा को संग हुँदैछ भन्ने राम्ररी थाहा भएको सुनाए ।
 
थापाले भनेका छन्, ‘यो प्रतिस्पर्धा मेरो नेतृत्व नभए पार्टीको अस्तित्व समाप्त हुन्छ, देश असफल हुन्छ भन्नेहरुविरुद्ध हो ।’ थापाले म जित्दा मात्रै पार्टी जोगिन्छ भन्ने अधिकार कस्ले दियो भन्दै प्रश्न गरे ? हामी सबै एक भएका छौ, हामी सबै सिंगो कांग्रेस भित्रका संस्थापन हौं । यसमा भ्रम पाल्नु पर्ने के कारण छ–थापाले तर्क गरे । यो वा त्यो भन्ने अधिकार कस्ले दियो ?
 
कांग्रेस महामन्त्री सिटौलाको दक्षता, क्षमताको निकै चर्चा गरेका थापाले भने, ‘म कांग्रेसलाई नीति र सिद्धान्त अनुरुप हाँक्छु भन्दै सिटौला साहस लिएर आउनु भयो, र हामी पनि सहयोग गर्न होमियौं ।’ जसले नेपाली जनताको मुक्तिका निम्ति संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्यो त्यही पुस्ताले अबको नेतृत्व पाउनु पर्नेमा थापाले जोड दिए ।    
 
थापाले भनेका छन्, ‘राजा महाराजाको जस्तो बिरासतको राजनीति अब काँग्रेसमा चल्दैन् । अब पालो वैचारिको राजनीतिको हो ।’ अहिले सारा विश्वले नेपालले संविधान कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने दुष्टीबाट हेरिरहेको छ । नेपाली जनताले समेत परिक्षा लिइरहेका छन् । संविधान निर्माणमा अगुवाई गरेको पार्टी कांग्रेसले फेरिपनि त्यही गति लिन सक्छ कि सक्दैन भन्ने चिन्ता आम नेपालीमा छ, थापाले भने, ‘हामी पटक–पटक जित्यौं, पटक–पटक हारेका छौं, हारेर पनि पटक–पटक उठेका छौं । संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण अभियान सम्मन्न गरेका छौं ।
 
थापाले भने, आज मधेस पीडित छ, संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ ।’ हामी सबै कांग्रेस पार्टीका सिपाही हौं । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं, यसलाई कार्यान्वयन गर्न सिटौलाले सभापति र मैले महामन्त्रीमा उम्मेद्वारी दिएका हौं –थापाले भने । अबको चार वर्षभित्र कांग्रेसलाई भारी बहुमत ल्याउने पार्टी बनाउने संकल्प गर्दछौं । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ