arrow

फरक स्क्रिप्टको खोजीमा आमिर खान

फिल्म साइन गर्दा यी चिज हेर्छन् मिस्टर परफेक्शनिस्ट

logo
प्रकाशित २०७५ पुष १० मंगलबार
aamir.jpg

काठमाडौं ।  बलिउडमा मिस्टर परफेक्शनिस्टको नामले प्रसिद्ध सुपरस्टार आमिर खान चलचित्र चयन गर्दा पहिले कथा हेर्छन् ।

आमिरले एक अन्तर्वार्तामा भनेका थिए  " जब म कुनै चलचित्र साइन गर्छु तब म सबैभन्दा पहिले कथा वा स्क्रिप्ट हेर्छु अभिनेता र टेक्नीसियन सबै चलचित्रका हिस्सा हुन् तर सबैको प्रारम्भ लेखकबाट हुन्छ । लेखक चलचित्र निर्माणको मूल र सबैभन्दा महत्त्वपूर्ण  भाग हो। '

 "ठग अफ हिन्दोस्तान'  अभिनेता पछिल्लो समय भारतीय स्टोरीटेलर स्क्रिप्टको मुल्याङकन गरिरहेका छन् ।

 महत्वाकांक्षी लेखकसँग उनले आफ्नो आशाहरु शेयर गर्दै भने 'जे हामीसँग आइरहेको छ त्यसलाई एक कल्पना र अलग कथाको नजरबाट हेरिरहेका छौ, जहाँ पात्रहरुका बारे राम्रो वर्ण गरिएको छ । आधार र लक्ष स्पष्ट छ । जुन कहानी पुर्णरुपमा अत्यधिक मनोरंजक र आकर्षक छ । यसैले हामी एक राम्रो स्क्रिप्ट खोजिमा छौं। '

 अमिरले सबैभन्दा राम्रो कथा भएको विजयी प्रतियोगिले २५ लाख पुरस्कार  दिइने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ