arrow

चितवनबाट गैंडा बर्दिया सारियो

logo
यादव आचार्य,
प्रकाशित २०७२ फागुन १९ बुधबार
Rhino-Bardiya---(8).jpg.jpeg
बर्दिया । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जको वैकल्पिक प्राकृतिक वासस्थानमा लोपोन्मुख एकसिंगे गैंडा स्थानान्तरण गरिएको छ ।नेपालमा गैंडाको बृद्धि सँगै प्राकृतिक प्रकोप, महामारी लगायतका विपत्तीबाट जोगाउने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जको कर्णाली तटिय बबई उपत्यका क्षेत्रमा गैंडा स्थानान्तरण गरिएको हो ।
बन तथा भुसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटाले एक कार्यक्रमका विच गैंडा स्थानान्तरणको शुभारम्भ गरेका छन् । आज ३ वटा गैंडा ल्याईने वताईएपनि समात्न नसक्दा एउटा मात्र गैंडा ल्याईएको हो ।
 
 
३ ओटा पोथी र २ ओटा भाले गरी ५ वटा गैंडा स्थानान्तरण गरिने कार्यक्रम रहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले वताए । वैज्ञानिक अध्ययनको आधारमा बबई उपत्यका क्षेत्रमा २५ देखि ५० वटा गैंडाको क्षमता रहेको जनाईएको छ । गैंडाको लागि आहारा, वासस्थान, घोल र पानीको कृतिम व्यवस्था समेत गरिएको छ । यस पटकको स्थानान्तरणबाट गैंडाको विषेश अध्ययन गरिने निकुञ्जले जनाएको छ । 
 
 
बबई उपत्यका क्षेत्रमा गैंडाको लागि राम्रो वासस्थान मानिए पनि चुरे तथा नदी तटिय क्षेत्र भएकाले साना साना ढुँगाहरु गैंडाको हिडडुलको लागि कठिनाई हुने श्रोतको दावी छ । गैंडाको विचरण प्रणालीमा प्रभाव परेसँगै चोरी शिकारीबाट समेत खतरा हुने अनुमान गरिएको छ ।  विगतमा त्यस क्षेत्रमा ७३ वटा गैंडा छाडिएका थिए । देशको संक्रमण र द्वन्द कालिन अवस्थामा सुरक्षा व्यवस्था कमजोर हुँदा सवै गैंडा मारिएका हुन् । सन् २०१५ को गैंडा गणना अनुसार चितवनमा ६ सय ५, पर्सामा ३, बर्दियामा २९ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ८ वटा गरी ६ सय ४५ वटा गैंडा नेपालमा छन् ।
 
 
चितवनको सुखीवार भन्ने स्थानबाट ल्याईएको १२ बर्षिय बयस्क भाले गैंडालाई बर्दियाको बबई उपत्यकामा छाडीएको छ । रेडीयो कलर जडान गरिएको गैंडा स्थानान्तरण सँगै मन्त्री सापकोटाले नेपाली सेनालाई जीपीएस हस्तान्तरण गरेका छन् । गैंडा स्थानान्तरण कार्यका लागि राष्ट्रिय निकुञ्ज विभाग, डव्लुडव्लु एफ, राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक तथा प्राविभिक सहयोग गरेका छन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ