arrow

रामचन्द्र पौडेलको उम्मेद्वारी घोषणा, कोषाध्यक्षकाे बाँकी

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
ramchandra-poudel.jpg.jpeg
काठामाडौं । कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले उम्मेद्वारी घोषणा गरेका हुन् । पौडेलको समूहबाट महामन्त्री सशांक कोइराला छन् । कोषाध्यक्षको घोषणा हुन बाँकी छ । पौडेलले उम्मेद्वारी घोषणा गर्दा प्रस्तावक प्रकाशमान सिंह र समर्थक रामशरण महत रहे । यसअघि पार्टी केन्द्रीय कार्यालयमै भएको संयुक्त पत्रकार सम्मेलनमा देउवाप्रति खरो कटाक्ष गरेका पौडेलले आफुहरुको समूह नै संस्थापन पक्षको आधिकारीक प्रतिस्पर्धी भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ