arrow

नीतिशकुमारले प्रचण्डलाई सोधे, ‘संविधान कार्यान्वयन र मधेस मुद्दाबारे के भइराछ ?’

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
dahal-and-nitish.jpg.jpeg
काठमाडौं । भारत बिहारका मुख्यमन्त्री नीतिश कुमारले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेट गरेका छन् । अपरान्ह ४ बजे दाहाल निवास लाजिम्पाट पुगेका मुख्यमन्त्रीले भेटका क्रममा नेपालको संविधान कार्यान्वयन र मधेसमा भइरहेको आन्दोलनका बारेमा दाहालसंग जिज्ञासा राखे । 
 
जवाफमा दाहालले संविधान कार्यान्वयनको क्रम अघि बढेको र मधेसी मोर्चाका मुलभूत मुद्दाहरु समाधान भएको बताए । मुख्यमन्त्री नीतिशले अध्यक्ष दाहाललाई भने, ‘तपाईको नेतृत्वमा शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको र तराई–मधेसको समस्या र संविधान कार्यान्वयन पनि तपाईकै नेतृत्वमा हुनेमा हामी विश्वस्त छौं ।’
 
दाहालले नेपालमा शान्ति र संविधान निर्माण आफ्नै मौलिकतामा सम्पन्न भएको बताउँदै अबका समस्याहरु समेत नेपाली आफैंले समाधान गर्दै जाने बताए । दुई देशबीचको सम्बन्ध विहार र नेपाली सिमाका जिल्लाहरुमा हुने बाढीको समस्याका बारेमा समेत दुबै देश मिलेर समाधान खोज्नुपर्नेमा दाहाल र मुख्यमन्त्री नीतिश एक मत भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ