arrow

मधुमेह रोगीको संख्या बढ्नुको कारण दैनिकी, एम्पाग्लिफ्लोजिनको प्रयोग प्रभावकारी

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
diabetes.jpg

काठमाडौं । मानिसहरुको दैनिकीमा आएको परिवर्तनले नेपालमा मधुमेह रोगीको संख्या बढ्दै गएको स्वास्थ्य विज्ञहरुले औंल्याएका छन् । मधुमेह रोग नै लाग्न नदिनका लागि मानिसहरुले उचित आहारबिहारमा ध्यान दिने र दैनिक व्यायाम गर्नुपर्नेमा बिज्ञहरुले जोड दिएका छन । 


विज्ञहरुले मधुमेह रोग नेपाल जस्तो कम आय भएको मुलुकहरुका लागि झन जटिल बन्दै गएको बताएका छन् । मधुमेह नियन्त्रणका लागि प्रयोग हुने औषधिहरुले मानिसहरुमा मोटोपना देखिने, मुटुको समस्या आउनसक्ने तर्फ सजग रहन मधुमेह बिशेषज्ञ डा ज्योति भट्टराईले आग्रह गरे  ।  

डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्धारा संयुक्तरुपमा मधुमेह र यसमा प्रयोग हुने औषधिको बारेमा आयोजित छलफलमा उनले शहरी क्षेत्रका मानिसहरुमा मधुमेह रोग बढ्दो क्रममा देखिएको भन्दै त्यसले मानिसको जिवन नै खतरामा पारेको बताए ।

उनले उचित खानपान र दैनिकी नमिल्दा मधुमेहका विरोमीहरुको संख्या बढिरहेको र त्यससँग सम्बन्धि औषधिहरु नियमितरुपमा प्रयोग गर्नुपर्ने अवस्थामा वृद्धि भएको बताए  । 

त्यसैगरी डा. अमित शाक्यले मधुमेह रोग संसारभर महामारीको रुपमा फैलिएको र नेपाल जस्तै विकासोन्मुक मुलुकहरुमा यो अझ भयावहरुपमा देखापरेको बताए । डा. शाक्यले मधुमेहको उपचारका लागि पछिल्लो दिन आएको अत्याधुनिक औषधिहरुमध्ये एक रहेको एम्पाग्लिफ्लोजिन बिरामीहरुको सुगर नियन्त्रणका लागि लाभदायक साबित भएको बताए । 

उनले यो अत्याधुनिक औषधिले मोटोपनालाई कम गर्ने, मुटु तथा मुटुसँग सम्बन्धित समस्याहरुलाई कम गर्ने र उच्च रक्तचापलाई समेत नियन्त्रण गर्ने बताए ।

त्यसैगरी एशोसियसन अध्यक्ष डा. दिना श्रेष्ठले मधुमेह रोग उपचारका लागि अत्याधुनिक औषधिहरु नेपालमा नै उपलब्ध भएको भएपनि त्यसको प्रयोग गर्दा समेत उचित परामर्श र सल्लाहमा मात्र प्रयोग गर्नुपर्ने सुझाव दिईन् ।

मधुमेहको रोग नियन्त्रणका लागि हाल नेपालमा विभिन्न किसिमका औषधिहरु उपलब्ध भएको भएपनि त्यसको नियमित प्रयोग र डाक्टरको नियमित सल्लाहलाई रोगीहरुले पालना गर्नुपर्नेमा उनले जोड दिइन् । 

डा. श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित एक्सरसाइज गरेर नियमित डाक्टरसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय भएको स्पष्ट पारे । 

नयाँ नयाँ रोगीहरु बढिरहेको सन्दर्भमा उचित खानपान र दैनिकीमा ध्यान दिनु नै सबैभन्दा उत्तम भएको विज्ञहरुले बताए । उनीहरुले मधुमेह रोग लागिहालेमा नडराउन भन्दै यसको उपचार नेपालमा नै गर्न सकिने र आवश्यक औषधिहरु नेपालमा नै उपलब्ध रहेको स्पष्ट पारे ।


एम्पाग्लिफ्लोजिनको प्रयोग मधुमेह  नियन्त्रणमा प्रभावकारी
 
एम्पाग्लिफ्लोजिन औषधिले मधुमेह भएका बिरामीहरुको शरीरमा भएको अत्यधिक सुगरको मात्रालाई मृगौलाको माध्यमबाट पिसाबसँगै बाहिर फ्याँक्ने काम गर्ने डा शाक्यले बताए  । 

यो औषधि प्रयोग गर्ने रोगीले नियमित रुपमा प्रसस्त पानी र झोल पदार्थ पिउनुपर्ने सुझाव दिईएको थियो । 

एम्पाग्लिफ्लोजिन औषधि नेपालमा सिनर्जी कर्पोरेशनले जर्मन कम्पनी बोएरिंगर इन्गेल्हमबाट आयात गरेर नेपालमा सूपथ मूल्यमा उपलब्ध गराएको छ । 

बोएरिंगर इन्गेल्हमले आफैले अनुसन्धान गरेर उत्पादन गरेको यो औषधिको प्रभावकारिता निकै उत्कृष्ट भएको डाक्टरहरुले बताएका छन्  ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ