arrow

कांग्रेसको नयाँ ताकतका लागि मेरो उम्मेद्वारी : सिटौला

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
sitaula-new-pic.jpg.jpeg
काठमाडौं । कांग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले १३औं महाधिवेशनका लागि सभापतिमा औपचारिक उम्मेद्वारी घोषणा गर्दै कांग्रेसले फेरि पनि नयाँ ताकत देखाउन सक्नु पर्ने बताएका छन् । वुधबार दिउँसो पत्रकार सम्मेलन सिटौलाले संविधान निर्माण र त्यसअघिका परिवर्तन तथा उपलब्धिको जसरी कांग्रेसले अगुवाई गरेको थियो त्यसरीनै अगुवाई गर्न सक्नु पर्ने बताएका हुन् । 
 
सिटौलाले भने, ‘मैले पार्टीलाई एक ढिक्का बनाउन सबै भ्रातृ, पेशागत तगा सुभेच्छुक संगठनहरुलाईसंगै लैजाने प्रयत्न गरेको छ ।’ संविधान कार्यान्वयन र मुलुकको आगामी व्यवस्थापनको कार्यभार पूरा गर्न आफुले सभापतिमा उम्मेद्वारी दिएको सिटौलाले बताए । देशको संकट समाधानका लागि अब जनमुखि सरकारको आवश्यकता रहेको भन्दै सिटौलाले सारा विश्वले नेपालले संविधान कार्यान्वयन गर्न सक्छ कि सक्दैन भनेर नियालीरहेको बताए । सिटौलाले उक्त कार्यभार पूरा गर्न कांग्रेसमा रुपान्तरण चाहिएको औंल्याए । 
 
अबको जमाना काम गरेर देखाउने र आफुलाई प्रमाणित गर्ने जमाना हो–सिटौलाले भने ।   पत्रकार सम्मेलनमा भिमसेनदास प्रधान, सांसद उषा गुरुङ, सुधीर शिवाकोटी, नेताहरु शिव हुमागाई, तारानाथ दाहाल, केवलबहादुर लामा र मृदुला कोइराला लगायत सयौं नेता तथा कार्यकर्ता उपस्थिति थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ