arrow

प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु, प्रचण्डले के भने ?

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
puspakamal.JPG

काठमाडौं । प्रतिनिधि सभा संसद्को हिउँदे अधिवेशन सुरु भएको छ । बुधबार अपराह्न ४ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद्को अधिवेशन सुरु भएको हो । अहिले संसद्मा नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफ्नो धारणा राखिरहेका छन् । 

दलीय प्रतिनिधिको तर्फबाट सबैभन्दा पहिले दाहालले संसद्लाई सम्बोधन गर्दै देशमा भएका दूर्घटनाका घटनाहरुको बारेमा दुख व्यक्त गरेका थिए । 

नेपालमा पहिलो पटक नयउाँ संरचना सहितको राजनीतिक प्रणालीलाई स्थापित गर्दै जनतालाई विकासको बाटो तर्फ अघि बढाउने प्रंक्रियामा आफूहरु रहेको बताएका छन् । उनले आफूहरु संवैधानिक रुपमा नै सत्ता पक्ष र प्रतिपक्षको रुपमा रहेको भएपनि संविधान बनाउँदा सबैको सहभागीताबाट नै यो परिवर्तन सम्भव छ । 

अहिले यो शिशु अवस्थामा रहेको परिवर्तनलाई विशेषगरी प्रतिपक्षले पनि जिम्मेवार भएर अघि बढ्न आग्रह गरेका छन् । उनले यो पहिलेको जस्तो सामान्य संसद् नभएको भन्दै पहिलेको जस्तो जिम्मेवारीले यो परिवर्तन संस्थागत गर्न सम्भव नरहेको जानकारी दिए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ