- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काडमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली काँग्रेसको महासमिति बैंठकमा उठेको हिन्दूत्वको मुद्दाको बारेमा प्रतिनिधि सभामा बोल्दै टिप्पणी गरेका छन् । उनले सीधा कुरा नभनेपनि आफूहरुले ल्याएको परिवर्तनलाई संविधान निर्माणका साझेदार दलहरुले नै भुल्न लागेको हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
उनले संविधानको मूल मर्मको विरोध हुने काममा प्रतिपक्षी दल लाग्न लागेको हो कि भन्ने आशंका उठेको भन्दै प्रतिपक्षीलाई संविधानको सफल कार्यान्वयनमा लाग्नको लागि आग्रह समेत गरेका छन् । त्यसो त सार्वजनिक रुपमा काँग्रेसमा उठेको हिन्दूत्वको मुद्दामाथि प्रचण्डले पहिले पनि टिप्पणी गर्दै आएका थिए ।
संसद्को हिउँदे अधिवेशनको पहिलो दिन दलीय प्रतिनिधिको तर्फबाट सबैभन्दा पहिले सम्बोधन गर्दै दाहालले देशमा भएका दूर्घटनाका घटनाहरुको बारेमा दुख व्यक्त गरेका छन् ।
नेपालमा पहिलो पटक नयाँ संरचना सहितको राजनीतिक प्रणालीलाई स्थापित गर्दै जनतालाई विकासको बाटो तर्फ अघि बढाउने प्रक्रियामा आफूहरु रहेको बताएका छन् । उनले संवैधानिक रुपमा नै सत्ता पक्ष र प्रतिपक्षको रुपमा रहेको भएपनि संविधान बनाउँदा सबैको सहभागीताबाट नै यो परिवर्तन सम्भव भएको स्मरण पनि गरेका छन् ।
अहिले यो शिशु अवस्थामा रहेको परिवर्तनलाई विशेषगरी प्रतिपक्षले पनि जिम्मेवार भएर अघि बढाउनु पर्नेमा समेत जोड दिएका छन् । उनले यो पहिलेको जस्तो सामान्य संसद् नभएको भन्दै पहिलेको जस्तो जिम्मेवारीले यो परिवर्तन संस्थागत गर्न सम्भव नरहेकाले सबै जिम्मेवार भएर लाग्नु पर्ने बताए ।