arrow

पौडेलसँग असन्तुष्ट पद्मनारायणले भने, 'मधेसलाई माइनस गरियो'

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
Padmanarayan-Chaudhary.jpg.jpeg
काठमाडौ। नेपाली कांग्रेसको नेतृत्वका लागि उम्मेदवारी घोषणा पछि केही नेताहरुको असन्तुष्टी बाहिर आएको छ। अन्तिम समयमा उम्मेदवारी घोषणा गरेका कार्यबहाक सभापति रामचन्द्र पौडेलले कोषाध्यक्ष खालि राखेपछि अघिल्लो महाधिवेशनमा संस्थापनबाट कोषाध्यक्षका उम्मेदबार बनेका पद्यमनारायण चौधरी असन्तुष्ट बनेका हुन्। उनले तराई–मधेसका बासिन्दालाई निश्चित स्वार्थपुर्ति गर्नमात्र प्रयोग गर्ने गरेको बताए। उनले सबै मुख्य पार्टीमा यस्तो समस्या रहेको बताए। उनले घुमाउरो पारामा पौडेलप्रति असन्तसष्टि पोखे। चौधरीले आफू यसअघि कम मतले हारेको भन्दै आफ्ने मूल्यांकन हुनुपर्ने बताए। 
 
पार्टीका नेताहरुको प्रवृत्ति प्रयोग गर्ने खालको मात्र भएको उनको टिप्पणी थियो। पौडेलले आफ्नो समूह घोषणा गर्नुअघिसम्म चौधरीलाई कोषाध्यक्षको उम्मेदबार बनाउने आश्वासन दिएको स्रोतले बतायो। यता चौधरीलाई ‘होल्डमा’राखेर पौडेल पक्षले देउवा पक्षको समेत समूह हेरेर मात्र निक्र्यौल निकाल्ने तयारी गरेको स्रोतले बतायो। कार्यबहाक सभापति पौडेलले बुधबार चार बजे महामन्त्री सशांक कोइराला सहित आफ्नो उम्मेदबारी घोषणा गरेका थिए। उनीअघि महामन्त्री कृष्णप्रसाद सिटौलाले महामन्त्रीमा गगन थापा र कोषाध्यक्षको उमेदवारमा उमाकान्त चौधरी सहितको उम्मेदबारी घोषणा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ