arrow

राजेन्द्र महतोलाई संसद्मा नै सभामुखद्वारा अपमान !

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
rdjendra].JPG

काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोमाथि प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नै अपमान गरेको आरोप लगाएका छन् । बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा दलीय प्रतिनिधिको तर्फबाट बोल्ने पूर्ववक्ताहरुलार्इ समयावधी नतोकी आफूलार्इ मात्रै समयावधि तोकिएको भन्दै उनले आपत्ति जनाएका थिए । सोही बैठकका उनीभन्दा पूर्व वक्ताहरु पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेर बहादुर देउवा र डा. बाबुराम भट्टराईले बोल्दासम्म सभामुख महराले कुनैपनि सांसद्लाई समयावधि तोकेका थिएनन् । 

तर, चौथो वक्ताको रुपमा बोल्न आएका नेता महतोलाई बोल्न दिने बेलामा सभामुख महराले १० मिनेट समय तोकिदिएका थिए । फ्लोरमा पुग्ने वित्तिकै नेता महतोले यसमा आपत्ति जनाएका थिए। उनले मधेशीहरुमाथि कस्ता कस्ता अपमान त गरिरहेको भन्दै यो अपमान सामान्य रहेको भन्दै अर्काे प्रसंग तिर लागेका थिए । 

उनले प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका राष्ट्रिय जनता पार्टीका नेता रेसम चौधरीलाई अझैसम्म पनि सपथ नगराएको प्रति आपत्ति जनाएका थिए । उनले प्रचण्डले १० वर्ष सम्म युद्ध गर्दा कति मान्छे मरेको भन्दै त्यसमा चाहिँ कोही पनि मुद्दा बेहोर्नु नपर्ने तर, थारु अधिकारको लागि लड्ने चौधरीलाई किन जेलमा राखिएको भन्दै आपत्ति जनाएका थिए । 

उनले सडक निर्माणको नाममा चुरे दोहन भएकोमा चिन्ता व्यक्त गर्दै सरकारले यसमा गम्भीर हुनुपर्नेमा समेत जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ