arrow

देउवा समुहको उमेद्वारी घोषणा बिहिवार पार्टी कार्यालयमा

logo
प्रकाशित २०७२ फागुन १९ बुधबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले फागुन २० गते आफ्नो उमेद्वारी घोषणा गर्ने भएका छन्। देउवाले आफ्नो उमेद्वारी घोषणा पार्टी कार्यालय सानेपामा २० गते विहान ११ वजे गर्न लागेका हुन्। उमेद्वारी घोषणा कार्यक्रममा समुहको तर्फबाट महामन्त्री र कोषाध्यक्षको उमेद्वारी पनि घोषणा हुने देवाका प्रेस सल्लाहकार रहिसकेका नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलले बताएका छन्। देउवा समुहका तर्फबाट महामन्त्री अर्जुननरसिंह केसीको उमेद्वारी पर्ने छ भने कोषाध्यक्षमा भने बिहिवार नै घोषणा हुने सिग्देलले बताए।
 
बुधवार दुईवटा समुहको उमेद्वारी घोषणा भएको छ। काँग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पौडेलले उम्मेद्वारी घोषणा गरेका हुन्। पौडेलको समूहबाट महामन्त्री सशांक कोइराला छन्। कोषाध्यक्षको घोषणा हुन सकेन। पौडेलले उम्मेद्वारी घोषणा गर्दा प्रस्तावक प्रकाशमान सिंह र समर्थक रामशरण महत रहे। यसअघि पार्टी केन्द्रीय कार्यालयमै भएको संयुक्त पत्रकार सम्मेलनमा देउवाप्रति खरो कटाक्ष गरेका पौडेलले आफुहरुको समूह नै संस्थापन पक्षको आधिकारीक प्रतिस्पर्धी भएको बताए। 
 
बुधवार नै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले १३औं महाधिवेशनका लागि समूहसहित सभापतिको उम्म्द्वारी घोषणा गरे। काठमाडौंको बतिसपुतलीस्थित अनुपम फुडल्याण्डमा पत्रकार सम्मेलन गरी सिटौलाले उम्मेद्वारी घोषणा गरेका हुन्। सिटौलाको समूहमा महामन्त्रीमा गगन थापा र कोषाध्यक्ष उमाकान्त चौधरी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ