arrow

प्रतिनिधि सभामा कर्मचारी अध्यादेश पेश, काँग्रेस सांसद्हरुको विरोध 

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
parlinment-union.png

काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधि सभा संसद्मा कर्मचारी समायोजन अध्यादेशको विरोध गरेको छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश संसद्मा प्रस्तुत गर्न लाग्दा नेपाली काँग्रेसका सबै सांसद्हरु उठेर विरोध जनाएका हुन्। विरोधपछि समय लिएर बोल्दै काँग्रेस नेता दिलेन्द्र प्रसाद बढूले संसद् सुरु हुनु भन्दा पहिले पत्रकार सम्मेलन गरेर मन्त्री पण्डित ले यो अध्यादेश जसरी पनि लागू हुने भनेर संसद्को नै अपमान रहेको बताएका छन् । 

उनीहरुले मंसिर २३ गते मात्रै अध्यादेश ल्याएको भन्दै संसद् छलेर ल्याउन लागेको अध्यादेशको काँग्रेसले यसको विरोध गर्ने बताएका छन् । काँग्रेस सा‌ंसद्हरुको विरोधकाबीच मन्त्री पण्डितले अध्यादेश स‌ंसद्मा पेश गरेका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ