arrow

जमिनमुनिबाट आइरहेको थियो आवाज, खोजी गर्दा भेटियो ४४ सय वर्ष अघिको समाधि स्थल

logo
प्रकाशित २०७५ पुष ११ बुधबार
samadhi-istal.jpg

काठमाडौं । ग्रिसको काहिरामा इतिहासविद्हरुले ४४ सय वर्ष पुरानो समाधि स्थल भेटाएका छन् । यो समाधि स्थल पाँचौं फराओज साम्राज्यका कुनै ठुला शासकको हुनसक्ने बताइएको छ ।

काहिरामा रहेको एक पिरामिड नजिकै इतिहासविद्को एक टोली काम गरिरहेका थिए, जतिबेला उनीहहरुले जमिनमा हिँड्दा अचम्मलाग्ने आवाज आएको अनुभूति गरेका थिए । यससँगै उनीहरुले खोजीकार्य सुरु गरेका थिए ।

ग्रिसको संस्कृति मन्त्रालयका अनुसार यो पछिल्लो केही दशकमा गरिएको सबैभन्दा अनौठो खोजी थियो । खोजी गर्दा रंगीबिरंगी विशाल मूर्ति भेटिएको थियो ।
 
यो मकबरबाट चार सुरङ्ग भएको बाटो पनि फेला परेको थियो । अनुसन्धानकर्ताहरुले यसको माध्यमबाट अरु धेरै कुराहरु पनि बाहिर आउनसक्ने बताएका छन् ।
 
विशेषज्ञकाअनुसार सो ठाउँमा त्यसबेलाको पुजारी वा कुनै धर्मगुरु बस्ने गर्थे । सो समाधि स्थल २५०० ईशापूर्वदेखि २३०० ईशापूर्वको बीचमा बनेको हुनसक्ने अनुमान गरिएको छ । यसबाट त्यसबेलाको थप केही रहस्य खुल्नसक्ने र नयाँ कुरा पनि पाइनसक्ने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ