arrow

पाँच रेयर क्यामेरासहितको नोकिया ९ आउँदै, के के छन् विशेषता ?

logo
एजेन्सी
प्रकाशित २०७५ पुष ११ बुधबार
Nokia-9.jpg

काठमाडौं । एचएमडी ग्लोबलले पाँच रेयर क्यामेरासहितको नोकिया ९ ल्याउने भएको छ । अहिलेसम्म यो स्मार्टफोन आउने मिति तय गरिएको छैन तर यो स्मार्टफोनको तस्वीर भने सार्वजनिक भइसकेको छ । 

कम्पनीले अहिले क्यामेरा उत्पादनको काम पूरा भइनसकेको कारण नोकिया ९ सार्वजनिक हुने मिति केही पर धकेलिने बताएको हो । यो स्मार्टफोनको मख्य आकर्षण मानिएको ५ रेयर क्यामेराको साथमा एलईडी फ्ल्यास पनि हुनेछ । यसको पछाडिको भाग सिसाको हुनेछ । यद्यपि कम्पनीले भने आधिकारिक रुपमा कुनै पनि जानकारी दिएको छैन । 

यो स्मार्टफोन निर्माणको काकम भइरहेको कारण अझै केही समय यो स्मार्टफोन आउनका लागि लाग्ने बताइएको छ । यो फोन २०१९ मा मानिसहरुको हातमा आउने विश्वास लिइएको छ । अहिलेसम्मको जानकारीअनुसार नोकिया ९ एन्ड्रोइड पाइ ९.० मा चल्नेछ । फोनमा ६ इन्चको डिस्प्लेको प्रयोग गरिनेछ । 

साथै यसमा ८ जीबी र्‍यामको प्रयोग गरिनेछ । यसमा २५६ जीबीको इन्टर्नल स्टोरेज हुनसक्ने बताइएको छ ।  फोनमा स्न्यापड्र्यागन ८४५ प्रोसेसर र ४१५० एमएएचको ब्याट्रि हुनसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ