arrow

आर्सनल, टोटनह्याम र म्यान्सिटी पराजित, शीर्ष टोलीहरुलाई झट्का लाग्ने क्रम जारी

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
Liverpool-v-Manchester-City.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल विजयी भएका छन् । वुधबार राति घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डलाई १–० ले हरायो । म्यानयुलाई विजयी गराउन ह्वाँ माटाले गरेको गोल नै निर्णायक बन्यो । यस्तै, लिभरपुलले घरेलु मैदानमा म्यान्चेस्टर सिटीलाई ३–० ले हरायो । लिभरपुलका लागि एडम लालाना, जेम्स मिल्नर र रोबेर्टो फर्मिनोले एक–एक गोल गरे । स्वान्सी सिटीले आर्सनलाई २–१ ले हरायो ।

शीर्ष क्लबहरु पछारिने क्रम जारी छ । तेस्रो स्थानमा रहेको आर्सनलको माथिल्लो स्थान उक्लने सपना पूरा हुन सकेन । स्टोक सिटीले न्यूकासल युनाइटेडलाई १–० ले हरायो । वेष्टह्याम युनाइटेडले दोस्रो स्थानको टोटनह्याम हट्सपरलाई १–० ले स्तब्ध बनायो । हारसंगै हट्सपरको शीर्ष स्थान उक्लिने सपना विफल भयो । शीर्ष स्थानको लेस्टर सिटीको २८ खेलबाट ५७ अंक छ । दोस्रो स्थानको टोटनह्यामको समान खेलबाट ५४ अंक छ भने, तेस्रो स्थानको आर्सनलको ५१ अंक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ