arrow

विश्वका यी मुलुकमा एयरपोर्ट बनाउने ठाउँसमेत छैन, फेरि पनि छन् चर्चित

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
airport1.jpg

काठमाडौं । विश्वको दोस्रो मुलुकमा जानका लागि सबैभन्दा पहिला पासपोर्ट हुनु जरुरी हुन्छ । त्यसपछि भिसाको प्रक्रिया पूरा गरी आफूले चाहेको स्थानमा जान सकिन्छ ।

यद्यपि विश्वका केही यस्ता पनि मुलुकहरु छन्, जुन मुलुक पर्यटनको लागि चर्चित त छन् तर ती मुलुकहरुमा जानको लागि अर्कै बाटोको प्रयोग गर्नुपर्ने हुन्छ । यसबारे धेरै कम मानिसहरुले मात्र सुनेका हुन सक्छन् । विश्वका १९६ मुलुकहरुमध्ये केही यस्ता मुलुकहरु पनि छन्, जहाँ एयरपोर्ट नै छैन । एयरपोर्ट नभएपछि त्यहाँ हवाईजहाज जाने कुरा नै भएन । ती मुलुकहरु यस्ता छन् –

१. सान मारिनो
सान मारिनो इटालीको सीमानाले घेरिएको सानो मुलुक हो । यो युरोपको सबैभन्दा पुरानो गणराज्य मानिन्छ । यो मुलुकमा कुनै एयरपोर्ट छैन । यहाँ पुग्नका लागि इटाली जानुपर्ने बाध्यता रहेको छ । इटालीबाट रेल वा अन्य कुनै साधनको प्रयोग गरी यो मुलुकमा प्रवेश गर्न सकिन्छ ।

२. भ्याक्टिकन सिटी
इटालीको शहर रोम नजिकै रहेको भ्याक्टिकन सिटी विश्वको सबैभन्दा सानो मुलुक हो । यो मुलुक पनि पर्यटनको हिसाबमा निकै सुन्दर मुलुक हो तर यो मुलुकमा पनि एयरपोर्ट छैन । यो देशमा ठाउँ कम भएको कारण एयरपोर्ट बन्न सकेको छैन । यो मुलुकमा जानको लागि सबैभन्दा नजिकको विमानस्थल रोम हो ।

३. लिक्टनस्टिन
यो विश्वको छैठौं सानो मुलुक हो । यो मुलुक अष्ट्रिया र स्विट्जरल्याण्डको बीचमा रहेको छ । यहाँको प्राकृतिक सौन्दर्यको दर्शन गर्न चाहने मानिसले नजिकैको ज्युरिकमा रहेको विमानस्थलको प्रयोग गनुैपर्ने हुन्छ ।

४. मोनाको
फ्रान्स र इटालीको बीचमा रहेको मोनाको विश्वको दोस्रो सबैभन्दा सानो मुलुक हो । करोडपतिहरुको बसोबास रहेको यो मुलुकमा एयरपोर्ट भने छैन । यो मुलुकमा जानको लागि फ्रान्सको विमानस्थलको प्रयोग गर्नुपर्ने हुन्छ ।

५. एन्डोरा
एन्डोरा युरोपको सबैभन्दा सानो मुलुकमध्येको एक हो । यलाई फ्रान्सले उत्तरमा तथा स्पेनले पूर्व देखि पश्चिमसम्म घेरेको छ । मनमोहक सुन्दरता रहेको यो मुलुकमा जानका लागि स्पेनको विमानस्थलको प्रयोग गर्नु जरुरी हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ