arrow

रोनाल्डोले पेनाल्टी सदुपयोग गर्दै लेभान्तेलाई दबाए

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
Ronaldo-,,,.jpg.jpeg

एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिड, एथ्लेटिक बिल्वाओ र भ्यालेन्सिया विजयी भएका छन् । वुधबार राति भएको खेलमा रियालले लेभान्तेविरुद्ध ३–१ को जित निकाल्यो । रियाललाई विजयी गराउन मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले ३४औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । ३८औं मिनेटमा डिएगो मारिनोले एक गोल गर्दै अग्रता दोब्बर पारे । ३९औं मिनेटमा लेभान्तेका डायभर्सनले जवाफी गोल फर्काए । अन्तिम समयमा इस्कोले एक गोल गर्दा रियाल ३–१ ले विजयी भयो ।

जितसंगै रियालले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसंग अंक दूरी केही कम गरेको छ । यस्तै, एथ्लेटिक बिल्वाओले डेपोर्टिभो लाकोरुनालाई ४–१ ले पराजित गरेको छ । उता, भ्यालेन्सियाले मालागाविरुद्ध २–१ को जित दर्ता गर्दा सेभियाले इबारलाई १–० ले स्तब्ध पारेको छ । सेल्टाभिगो र भिल्लारियलले गोलरहित बराबरी खेल्दै अंक बाँडे । योसंगै २६ खेल खेलेको बार्सिलोना ६६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६१ अंक छ भने, तेस्रो स्थानको रियालको ५७ अंक भएको छ ।

Isco completed the win by scoring two minutes into stoppage from a Ronaldo pass

Zinedine Zidane was bosted by victory after the derby defeat against Atletico at the weekend

Brazilian Deyverson Acosta fired past Real goalkeeper Keylor Navas to cut Madrid's lead in half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ