arrow

काँग्रेसले बंशवादीलाई रोज्ला की गणतन्त्रवादीलाई ?

logo
सर्वोच्च भण्डारी
प्रकाशित २०७२ फागुन २० बिहिबार
Gagan-and-Sashanka.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनमा सवै भन्दा रोचक प्रतिश्पर्धा महामन्त्री पदका लागि हुने भएको छ  ।
 
पार्टीका मात्रै नभई मुलुकका सवै भन्दा आशा गरिएका सवै भन्दा चर्चित युवा नेता गगनकुमार थापा, पार्टीका संस्थापक नेता विपी कोईरालाका पुत्र डा. शशांक कोईराला र काँग्रेसका लोकप्रिय नेता अर्जुननरसिंह केसीका विचमा हुने प्रतिश्पर्धा अनेक दृष्टीकोणबाट रोचक हुनेभएको हो । 
 
यो प्रतिश्पर्धाले सवै भन्दा मुख्य कुरा त राजनितिक हिसावले काँग्रेसका नेताको भन्दा कार्यकर्ताको परिक्षण हुने भएको छ । काँग्रेस कार्यकर्ताहरु जुनसुकै जात तथा समुदायको व्यक्ति भएपनि क्षमतावान छ भने पार्टी हाक्न दिने पक्षमा छन् की कोईरालावंशकै विउ खोजेर पार्टीको जिम्मा लगाउनु पर्छ भन्ने पक्षमा छन् भन्ने परिक्षण हो यो प्रतिश्पर्धा । यहाँ गणतन्त्रवादीको प्रतिनिधित्व कस्ले गर्दछ र वंशवादीको प्रतिनिधित्व कस्ले गर्दछ भन्ने तथ्य स्पष्ट नै छ । तै पनि केही दृष्टान्त दिनु सान्दर्भीक देखिन्छ । 
 
महामन्त्रीका उम्मेदवार थापाले आन्दोलनका क्रममा वि.सं.२०६१ मा भनेका थिए ’लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो, त्यस्तो ‘राजद्रोह’ मबाट जीवनपर्यन्त भइरहनेछ....’ । त्यी राजद्रोह अहिले बंशवाद विरुद्धको द्रोहको रुपमा प्रकट भईरहेको छ । 
 
 
अर्का महामन्त्रीका उम्मेदवार शशांक भने जनताको छोरालाई मुलुकको सर्वोच्च पदमा पुर्याउन गगनहरुले संघर्षको मैदानबाट ल्याएको गणतन्त्रलाई स्विकार्न कन्जुस्याई गर्दछन् । गत सोमबार साँझ बीबीसी नेपाली सेवाका लागि बरिष्ठ पत्रकार रवीन्द्र मिश्रसँगको अन्तरवार्ताका क्रममा शशांकले गणतन्त्रबाट पछाडि फर्कंदा पनि केही नबिग्रने बताए । उनले अहिलेको संविधानलाई हामीले ग्रहण गर्ने कि नगर्ने भन्नेबारेमा पनि छलफल हुनुपर्ने माग गरेका छन् । यसअघि पनि बीबीसीमै दिएको अन्तरवार्तामा शशांकले गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विरोध गरेपछि तत्कालीन राष्ट्रपति डा.रामवरण यादव र कांग्रेस सभापति सुशील कोइरालाले सम्झाइ बुझाइ गरेका थिए । 
 
यी दृष्टान्तहरुबाट काँग्रेसका महाधिवेशन प्रतिनिधिहरु स्पष्ट भईसकेका छन् की  कोईरालाका उत्तराधिकारी शशांक र जनताका उत्तराधिकारी गगन मध्ये कस्लाई रोज्ने भनेर । 
 
राजाको छोराबाट जनताको छोरामा शासन सत्ता लैजाने आन्दोनलको नेतृत्व गरेका गगन अहिले आफ्नै पार्टी भित्र नेताको छोराबाट जनताको छोरामा नेतृत्व लैजाने संघर्षमा उत्रिएका छन् । शाह परिवारको तनाशाही विरुद्धमा लडेका गगन अहिले कोईराला एकाधिकारका विरुद्धमा लडेका हुन् । 
 
यस्तै प्रशंगमा बरिष्ठ पत्रकार डा. नवराज लम्सालले आफ्नो फेसवुक पेजमा लेखेका छन्, “जहानीया शासन ढाल्यौ तर परिवारको घेरामा कैद छौ । लोकतन्त्रको लागि लड्यौ तर आफू लोकतान्त्रिक भएनौ । गणतन्त्र ल्यायौ तर वंश परम्पराका राजकुमारको दास छौ । साधारण नागरिकको प्रश्न छ ( तिमी उही सनातनी कर्मकाण्डी हुन्छौ कि यस पटक सच्चिन्छौ रुरुरु ध्यानपूर्वक हेरिरहेछु म पनि ।”
 
काँग्रेस भित्रबाट मात्रै नभई बाहिरका मान्छेहरुले पनि काँग्रेसी कार्यकर्ताहरुले गणतन्त्रवादीलाई रोज्छन नी बंशवादीलाई रोज्छन भनेर हेरिरहेका छन् । यी गणतन्त्रवादी गगनलाई रोजे भने काँग्रेस पार्टी गणतन्त्रवादी नै रहेछ भन्ने थप पुष्टी हुने छ । काँग्रेस भित्रको सर्वेक्षण पनि गणतन्त्रको पक्षमा देखिन्छ । यदी गणतन्त्रवादीको विपक्षमा र बंशवादीको पक्षमा नतिजा आयो भने काँग्रेसजनले मात्रै होईन अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि काँग्रेसलाई फेरी आशंका सहित यथास्थीतिवादीको विल्ला भिराउने छन् । त्यसैले काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुको राजनितिक परिक्षण तथा सर्वेक्षणको रुपमा यस प्रतिश्पर्धालाई  लिईएको छ । 
 
काँग्रेस महाधिवेशनमा अहिले धेरै नयाँ अनुहार र युवा उमेरका प्रनिधिहरु आएका छन् । उनीहरु साँच्चै विचार र उर्जामा पनि नयाँ र युवा छन की छैनन भन्ने जाँच पनि हो यो महामन्त्रीको प्रतिश्पर्धा । विराशतको ह्याङओभर भनेको पुराना काँग्रेसीको हो भने अहिलेका काँग्रेसीमा आफै पनि नेतृत्व हाक्ने चाहना छ । त्यसका लागी बाटो खोल्ने उम्मेदवार हुन गगन थापा । उनले जित्नु भनेको क्षमतावानको लागि काँग्रेसको सर्वोच्च पदमा पनि ढोका खुल्नु हो । अहिले पनि विराशतकै पक्षमा नतिजा आयो भने विराशत पक्षपातीका विरुद्धमा लड्ने अर्को नेता जन्मीन काँग्रेसले कैयौ बर्ष कुर्नु पर्छ । फलत ः फेरी काँग्रेस लामो समय जनताको पार्टी नभई कोईराला परिवारको कम्पनीको परिभाषामा पर्ने छ । त्यस्तो दुर्भाग्यपुर्ण परिभाषामा काँग्रेसलाई पार्ने की नपार्ने अग्नी परिक्षाको समय हो यो । त्यसैले काँग्रेसका महाविधेशन प्रनिधिहिरुले अहिले विराशतमा होईन क्षमतामा विश्वास गर्ने छन् भन्ने धेरैले आशा गरेका छन् । विराशत वा परिवार वा बंशवाद भनेको कुनै एउटा परिवार वा समुदायले मात्रै अवसर पाउने भन्ने मान्यता हो, अहिले मुलुक सर्वसमावेशी भईरहेका बेला काँग्रेसले पनि त्यसलाई स्विकार्नेछ भन्ने अपेक्षा गरिएको छ । 
 
काँग्रेसमा मात्रै नभई संपुर्ण नेपालीले नै आशा भरोशा गरेका नेता गगनले जसरी नेविसंघको महामन्त्री नेविसंघकै ईतिहासमा स्मरणीय बनाए, त्यसैगरी पार्टीको महामन्त्रीलाई पनि स्मरणीय बनाउन चाहन्छन् । 
 
राजतन्त्रका विरुद्ध सवैभन्दा अग्रपङतीमा उभिएर संघर्ष गरेका नेपालीका सर्वप्रिय नेता गगन कुमार थापा अहिले बंशतन्त्रका विरुद्धमा उभिने आँट गरेका छन् ।  हाम्रा निकट भविश्य गगन थापालाई जय नेपालको क्रान्तिकारी सलाम सहित विजयको शुभकामना  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ