धुम्रपानका कारण बालबालिकामा उच्च जोखिम

शीतलप्रसाद महतो, प्रकाशित मिति : २०७५ पौष १२ बिहिबार

विराटनगर । बिहानीपख घरमा चुरोट तान्दा सञ्जय साहलाई एक क्षण आनन्दको अनुभूति त गराउला तर यसले छोराछोरी र परिवारका अन्य सदस्यका लागि फोक्सोको क्यान्सरजस्ता भयानक रोग निम्त्याइरहेको छ भन्ने अनुभूतिसमेत उनलाई हुन सकेको छैन ।

त्यस्तै, तीन वर्षे नाबालक छोरासँगै स्थानीय होटलमा नास्ता गर्न बसेका आफ्नो श्रीमान्लाई रन्जना भण्डारीले चुरोट नखान आग्रह गरिन् तर सुनेको नसुने झैँ गरी धुवा“ उडाइरहेको उनले चुरोट सिध्याएर ढुटो मात्र फ्याकियो ।

चुरोट खान नछाडेपछि उनीसँगै टासिएर अर्को टेबुलमा बसेका एक दम्पत्तिले चुरोटको धुवा“लाई सहन नसकेर अलि टाढाको अर्को टेबुलमा गएर बस्न बाध्य भए । यसैगरी स्थानीय चिया पसलमा चुरोट खाने एक व्यक्तिलाई मीरा गौतमले चुरोट नखान आग्रह गरिन तर मीराको आग्रहलाई उनले स्वीकार गरेनन् र उनले पनि चुरोट सिध्याएर ढुटो मात्र फालियो ।

यसरी मीरा, रन्जना र उनका नाबालक छोरा तथा ती दम्पती मात्र होइन, आफू धु्रमपान नगर्ने भएपनि अरुले उडाएको धुवा“ सेवन गर्न वाध्य हुने यहा“ थुप्रै छन् । चिकित्सकका अनुसार, चुरोटको धुवा“को सम्पर्कमा रहेकालाई फोक्सोको क्यान्सर हुने सम्भावना अत्याधिक बढी हुने भएकाले यसतर्फ सबै सम्बेदनशील हुनुपर्दछ ।

सूर्ती पदार्थ नियन्त्रण तथा नियमन ऐनले सार्वजनिक स्थलमा चुरोट खानबाट रोक लगाउन र त्यस्ता व्यक्तिलाई दण्डित गर्न सक्ने व्यवस्था गरेको भएपनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

ऐनमा धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्य अधिकारलाई सुरक्षित गर्न सरकारी भवन, स्वास्थ्य तथा शिक्षण संस्था, सार्वजनिक साधनलगायत सार्वजनिक स्थल र निजी निवासमा पनि अरुलाई बाधा पर्ने गरी धुम्रपान गर्न नपाइने व्यवस्था गरिएको छ ।

त्यस्तै उत्पादकले चुरोट, बिडी र खैनीको बट्टा वा प्याकेटको कुल बाहिरी भागमध्ये कम्तिमा ७५ प्रतिशत भागमा “सूर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकरक छ” भन्ने जस्ता व्योहोरासहित स्वास्थ्य मन्त्रालयले तोकेअनुसार सेवनका कारण भएका घातक असरको रङ्गीन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी छाप्नुपर्ने व्यवस्था ऐनले गरेको छ । त्यसैगरी १८ वर्ष नपुगेका र गर्भवती महिलाले गर्ने सूर्तीजन्य पदार्थको बिक्री वितरणलाई गैरकानूनी मानिएको छ ।

सूर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रवद्र्धन र प्रायोजन हुने गरी कुनै पनि प्रकारको सञ्चार माध्यममा सन्देश प्रचारप्रसार गर्न समेत नपाइने व्यवस्था ऐनले गरेको छ । सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनबारे विश्व स्वास्थ्य सङ्गठनको महासन्धिमा नेपालले सन् २००३ मा हस्ताक्षर गरे र सन् २००७ मा यो महासन्धिलाई संसद्ले अनुमोदनसमेत गरिसकेको छ ।

विश्वका १६८ देशले अनुमोदन गरेको यो महासन्धि अनुरुप नेपाललगायत छिमेकी मुलुक भारत, चीन, पाकिस्तान, बङ्गलादेश र थाइल्याण्ड लगायतका देशले पनि यो ऐन पारित गरिसकेका छन् । भुटानले त सूर्तीजन्य पदार्थको उत्पादनमा नै प्रतिबन्ध लगाई सूर्ती र धुम्रपानमुक्त देश पनि घोषणा गरिसकेको छ ।

भारत, पाकिस्तान र थाइल्याण्डले चुरोटको बट्टा वा प्याकेटको कुल बाहिरी भागमध्ये कम्तिमा ५० प्रतिशत भागमा यसबाट हुने घातक असरको रङ्गीन चित्र प्रष्टरुपमा राख्नुपर्ने कानूनी व्यवस्था गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, चुरोटको धुवा“को सम्पर्कमा रहेकालाई फोक्सोको क्यान्सर हुने सम्भावना ३० प्रतिशत बढी हुन्छ । विश्वमा मृत्यु हुने प्रमुख आठ कारणमध्ये छ वटा जोखिमको कारक धुम्रपान हो ।

सूर्तीजन्य पदार्थमा पाइने निकोटिन, टार, कार्बन मनोअक्साइड, लिड र नाइट्रोसोमाइन जस्ता क्यान्सरजन्य चार हजारभन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थले मानव शरीरमा २५ भन्दा बढी प्रकारका रोग लाग्न सक्ने सम्भावना रहेको हुन्छ ।

सुर्तीजन्य पदार्थको सेवनले सृजित रोगबाट दैनिक झण्डै ६७ जना नेपालीकोे मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । धुम्रपान गर्नेको छेउमा बस्नेलाई पनि फोक्सोको क्यान्सर, दमखोकी, तालु खुइलिने, मोतिया बिन्दु हुने, शरीर तथा अनुहारको छालामा चाउरी पर्ने, छालाको क्यान्सर हुने, मुटुसम्बन्धी रोग लाग्ने, पेटको अल्सर, मूत्रथैलीको क्यान्सर र गर्भपतन हुने जस्ता जटिल प्रकृतिका रोगसमेत लाग्ने गर्दछ ।

धुम्रपानको नकारात्मक असर बालबालिकामा अझ बढी देखिन्छ, बालरोग विशेषज्ञ डा चन्देश्वर महासेठले भन्नुभयो, “कम तौलका शिशु जन्मनुको प्रमुख कारण धुम्रपान रहेको छ । धुवा“ले बालबालिका र परिवारका अन्य सदस्यलाई समेत स्वास्थ्यसम्बन्धी समस्याले सताउने गर्छन् ।

नेपालीले सूर्तीजन्य पदार्थको सेवनका लागि आफ्नो कुल आम्दानीको ५ दशमलव एक प्रतिशत खर्च गर्ने गर्दछन् भने सूर्तीजन्य पदार्थका कारण लाग्ने रोगका उपचारका लागि मात्र नेपालमा वार्षिक रु ४७ अर्बसम्म खर्च हुने गरेको तथ्याङ्क छ ।

सरकारले सूर्तीजन्य पदार्थको बिक्रीबाट वार्षिक रु चार अर्बभन्दा बढी राजस्व असुली गर्ने गरेको छ । त्यस्तै मुलुकमा वर्षेनी सात अर्ब ५० करोड खिल्ली चुरोट उत्पादन भए पनि नेपालीले वर्षेनी १४ अर्ब २६ करोड खिल्ली चुरोट सेवन गर्ने गर्छन् । बा“की चुरोट विदेशबाट आयात हुने गर्छन् । यस हिसाबमा नेपालीले वर्षेनी २८÷२९ अर्ब रुपैया“ चुरोटमा मात्र खर्च गर्ने गर्छन् भने स्वास्थ्यका लागि करीब छ अर्ब रुपैया“ खर्च गर्ने गर्छन् ।

यसरी नेपालीले एक वर्षमा चुरोटमा खर्चेको रकम जम्मा गर्ने हो भन्ने झण्डै ३० वटा ठूला ठूला अस्पताल बनाउन सकिन्छ । स्वदेशी सूर्ती उद्योगले करीब चार हजारलाई रोजगारी दिइरहेको अनुमान छ । “चुरोट नखानेले आफूू अगाडि अरुलाई चुरोट खानबाट रोक्न सकिने कानूनी आधार अहिले मुलुकमा छ तर चेतनाको अभावका कारण यो ऐन प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।

जनस्वास्थ्यमा यति धेरै प्रभाव पारिरहेको सूर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनलाई नियमन गर्न सकिएन् भने नेपालको नया“ पुस्ता नै ठूलो सङ्कटमा पर्न सक्छ”, जनस्वास्थ्य विज्ञ अरुणकुमार महतोले भन्नुभयो । भावी सन्ततीलाई सूर्तीजन्य पदार्थबाट हुने रोग र अकाल मृत्युबाट जोगाउन यो ऐनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिनुपर्छ । यसका लागि यसबारे व्यापक जनचेतना जगाउनु आजको अपरिहार्य आवश्यकता हो ।

नयाँ