arrow

अफ्रिकाको सानो टापु, जहाँ हुन्छन् सबै किसिमका खराब काम

logo
प्रकाशित २०७५ पुष १२ बिहिबार
tapu.jpg

काठमाडौं । सामान्यतः टापु भन्नेबित्तिकै मानिसको मनमा हरियाली तस्वीर तथा मनमोहक दृश्य आउँछ । विश्वमा यस्तो पनि टापु छ, जुन धेरैको सोचभन्दा फरक किसिमको छ । युगाण्डा र केन्याको सीमामा रहेको दक्षिण अफ्रिकाको भिक्टोरिया तालनजिकै बनेको ‘मिगिनगो द्वीप’ निकै विशेष किसिमको छ ।

यो टापुमा औंलामा गन्न सकिने रुखहरु छन् । यो टापुमा ५ सयभन्दा बढी मानिसहरु बसोबास गर्छन्, जबकी यसको क्षेत्रफल केवल २ हजार वर्गमिटर छ । यहाँका मानिसहरुल सानासाना झपडीमा बस्ने गरेका छन् ।

यो टापुमा पाँचओटा बार, एउटा ब्युटी सैलुन, एउटा फार्मेसी र केही होटलहरु छन् । यो टापुमा धेरै वेश्यालयहरु पनि छन् । यो विश्वको सबैभन्दा भीडभाड हुने टापु हो । यो टापु माछा मार्ने माझीहरुको समुदायले भरिएको छ । साना साना गल्लीहरुमा माझीहरु जाल बनाउने काम गर्छन् । रोचक कुरा के छ भने यो जति पनि गैरकानुनी कामहरु हुनसक्छन्, त्यो सबै यो टापुमा हुने गरेको छ ।

यो टापुमा बस्ने माहिलाहरुको जीवनशैली पनि फरक किसिमको छ । यहाँका महिलाहरु आफ्नो कपाल बाँध्नका लागि पनि सैलुनमा जाने गर्छन् । रिपोर्टका अनुसार सन् १९९१ मा डलमास टेम्बो र जर्ज कीबेबे नामका दुई माझीहरु यो टापुमा पहिलोपटक आएका थिए । त्यतिबेला यो टापु घाँस र सर्पले भरिएको थियो ।

सन् २००४ मा यो टापुमा जोसेफ नाम गरेका व्यक्ति पुगेका थिए र उनले एक घर फेला पारेका थिए । त्यसपछि युगाण्डा, केन्या र तान्जानियाका मानिसहरु आएर विस्तारै यो टापुमा बस्ती बसालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ