- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस जिम्मेवार प्रतिपक्षको भुमिकामा रहेको बताएका छन्। कांग्रेसको जिम्मेवारीवोधलाई सरकारले कमजोरीका रुपमा लिएको उल्लेख गर्दै सभापति देउवाले जनस्तरबाट पनि कांग्रेसको भूमिका खोजी हुन थालेकोमा खुसी व्यक्त गरे।
नेपाली कांग्रेसको महासमिति वैठक पछि पार्टीका तर्फबाट सम्पादकहरुसँग आयोजित भेटमा सभापति देउवाले थपे, ' बल्ल कांग्रेसलाई याद गर्न थालिएको छ । प्रतिपक्ष कहाँ छ भनेर खोजिन थालिएको छ ।'
सभापति देउवाले नेकपा सरकार आएपछि मिडिया पनि तर्सिएर सेल्फ सेन्सरसिपमा गएको बताए। देउवाले राम्रो काम त सरकारको जिम्मेवारी रहेको तर नकारात्मक केहि कुरा भए त्यसलाई मिडियाले खोतल्नु पर्ने बताए।
निर्मला हत्या प्रकरणमा भावुक रुपमा प्रस्तुत भएका देउवाले यस प्रकरणमा सिंगो संसद एक हुनुपर्ने बताए। देउवाको प्रश्न थियो,' यो कांग्रेसको मात्र मुद्धा हो र ? प्रमाण मेटाउन लुगा धोइएको छ। प्रहरीले नै प्रमाण मेटाउन लागेको कुरा चानचुने कुरा होइन । निर्मला प्रकरणमा ठूलै नेता वा उच्च अधिकारीको संलग्नतापो छकी देउवाको आशंका थियो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उमेरको आधारमा राजनीतिबाट सन्यास लिन वाध्य पार्ने कुरा अलोकतान्त्रिक रहेको बताए। उनले लोकतन्त्रमा विश्वास राख्ने कुनै पनि व्यक्तिले उमेरको आधारमा राजनीतिबाट सन्यास लिने कुरा गर्न नहुने बताए।
नेपाली कांग्रेस भित्र र वाहिर ७० बर्ष नाघेका नेताहरुले विश्राम लिनुपर्ने आवाज उठिरहेको सन्दर्भमा सभापति देउवा र बरिष्ठ नेता पौडेल उमेर हदको विपक्षमा देखिएका हुन्। उमेर हदको विपक्षमा देखिएका दुबै नेता यो मामिलामा एक ठाँउमा रहेका छन्।
नेपाली कांग्रेसले सम्पादकहरुसँग गरेको अन्तरक्रियामा सभापति देउवाले पनि रामचन्द्रजीको कुरामा बल पुर्याउन भन्दै तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको प्रसङग उल्लेख गरेका थिए। सभापति देउवाले भनेका थिए, 'गिरिजाबाबुले ८४ बर्षमा आन्दोलनको नेतृत्व गरेर गणतन्त्र ल्याउनुभयो । हामी त ८४ हुन अझै कति बाँकी छ।'
उमेर हदको विपक्षमा उभिएका सभापति देउवा र वरिष्ठ नेता पौडेलले अर्को कार्यकालका लागि समेत उमेद्वारी चासो देखाएका छन्। उद्यपी बरिष्ठ नेता पौडेलले आगामी महाधिवेशनमा सभापतिको उमेद्वार बन्ने बारेमा प्रष्ट रुपमा बताएनन्। उनले तत्कालिन आवश्यकताले आगामी महाधिवेशनको उमेदवार बन्ने नबन्ने टुंगो लाग्ने प्रष्ट्याए।