arrow

सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता युवतीको शव फेला

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
No_Selfie.jpg.jpeg
रत्ननगर (चितवन)। चितवनस्थित नारायणी नदी किनारमा सेल्फी खिच्ने क्रममा नदीमा डुबेर बेपत्ता युवतीको शव आज बिहान फेला परेको छ । पाँच दिनपछि उनको शव फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ । 
 
वडा प्रहरी कार्यालय नारायणगढ चितवनका प्रहरी टोलीले नारायणी नदी किनारमा ती किशोरीको शव फेला पारेको हो । 
 
गएको आइतबार गैँडाकोटकी १८ वर्षीया स्मिता ज्ञवाली नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर नदीमा खसेकी थिइन् । त्यसपछि उनको अवस्था अज्ञात थियो । 
 
उनको खोजीका लागि प्रहरी र स्थानीयवासी सक्रिय भएका थिए । प्रहरीले खोजीका क्रममा आज बिहान करिब ५ बजेतिर उनको शव फेला पारेको प्रहरी निरीक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । 
 
घटनास्थलभन्दा करिब ५० मिटर तल शव फेला परेको उहाँले जानकारी दिनुभयो । 
 
आइतबार दुई किशोरी नदीमा खसेकामध्ये एकजनाको उद्धार भए पनि एकजना बेपत्ता भएकी थिइन् । 
 
गैँडाकोट–१६ की १९ वर्षीया नम्रता सापकोटाको घटनाभएकै दिन जीवितै उद्धार भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ