arrow

देउवा समूह : महामन्त्री अर्जुननरसिंह केसी, कोषाध्यक्ष चित्रलेखा यादव

logo
प्रकाशित २०७२ फागुन २० बिहिबार
deuba.jpg.jpeg
काठमाडौं । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले १३औं महाधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्दै छन् । समूहसहि उम्मेद्वारी घोषण गर्नलागेका देवाले महामन्त्री अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवलाई अघि सारेका छन् । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर देउवाले समूह घोषणा गर्न लागेका हुन् । 
 
केन्द्रीस सदस्य केसी १२ औं महाधिवेशनमा दोस्रो भएका थिए । पहिलो भने युवा नेता गगन थापा भएका थिए । यादव वर्तमान कोषाध्यक्ष हुन् । पत्रकार सम्मेलनमा संस्थापन पक्षका कुलबहादुर गुरुङ, केशव कुमार बुढाथोकी, लक्ष्मण घिमिरेलगायत नेताहरु पुगे । यस्तै, विमलेन्द्र नीधी, पूर्णबहादुर खड्का, गोविन्द राज जोशी लगायत नेताहरु पत्रकार सम्मेलनमा उपस्थित छन् । पार्टी केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताको भीड छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ